मकवानपुरगढी गाउँपालीका : को हुन उपाध्यक्ष पदकी उम्मेदवार मानकुमारी ? के छन चुनावी प्रतिबद्धता ?

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मकवानपुरगढी गाउँ पालिकाको उपाध्यक्षमा नेकपा माओबादी केन्द्रको तर्फबाट मानकुमारी पाख्रिन नेपाली (आशा) को उम्मेदवारी रहेको छ । उहाँ सत्ता गठबन्धनबाट उपाध्यक्ष पदको साझा उम्मेदवार बन्नु भएको हो ।
मानकुमारी पाख्रिन नेपाली (आशा) को हुन ?
मानकुमारी पाख्रिन नेपाली (आशा) को जन्म विस २०४० साल आसर २९ गते मकवानपुरको हटियामा भएको हो । उहाँले विस २०५६ सालदेखि तत्कालिन नेकपा माओवादीको विद्यार्थी संगठनको सचिव हुँदै राजनीतिक यात्रासुरु गर्नुभयो । विद्यार्थी संगठनमा सक्रिय भएर कक्षा १० मा अध्ययनरत् अवस्थामै मानकुमारीलाई विस २०५७ भदौमा तत्कालिन शाही सेनाले पक्राउ ग¥र्यो । त्यस समय उहाँले ४ महिना जेल जीवन बिताउनुभयो । विस २०५८ मंसीर देखि देशमा संकटकाल लागु भयो । त्यसपछि उहाँ भुमिगत हुनुभयो । भुमिगत भएसँगै उहाँ पूर्ण रुपमा माओवादी पार्टीमा खटिनु भयो । मुलुकको परिवर्तनका लागि कक्षा १० मा अध्ययन गर्दैगर्दा भुमिगत हुनुभएकी मानकुमारीले एसएलसीसम्मको अध्ययन गर्नुभएको छ । उहाँले भुगोल अन्तरगत मकवानपुर र धादिङ जिल्लामा पार्टीले दिएको जिम्मेवारीमा रहेर काम गर्नुभयो । विस २०५९ मा माओवादीले जनतालाई जागरुक गराउन भुमिगत रुपमै संचालन गरेको रेडियो जनगणतन्त्रमा कार्यक्रम प्रस्तोता र प्राविधिकको रुपमा पनि उहाँले काम गर्नुभयो । उहाँ २०५९ सालमा नेकपा माआवोदीको मकवानपुर जिल्लाको सदस्य बन्नु भयो । विस २०६४ सालमा तत्कालिन मकवानपुरगढी गाविसका भीम पाख्रिनसँग उहाँको जनवादी विवाह भयो । दुवै जना माओवादी जनयुद्धमा होमिनु भएको थियो । उहाँका श्रीमान् पाख्रिन अहिले नेकपा माओवादी केन्द्रको मकवानपुर सचिव हुनुहुन्छ । उहाँका एक छोरी र एक छोरा छन् । निरन्तर राजनीतिमा सक्रिय मानकुमारी विस २०६४ मा हेटौडा नगर सेक्रेटरी र क्षेत्रीय ब्यूरो सदस्य बन्नु भयो । विसं २०७४ को प्रदेश र संघीय निर्वाचनमा बागमती प्रदेशबाट दलितको तर्फबाट समानुपातिकको उम्मेदवार बन्नु भयो । तर दलितको मत प्रतिशत नपुगेका कारण निर्वाचित हुनु भएन् । मानकुमारी विस २०७८ को नेकपा माओवादी केन्द्रको केन्द्रीय अविधेशनबाट केन्द्रीय सदस्य चयन हुनु भएको छ । जनयद्धका सहिद रुद्र पाख्रिनको बुहारी मानकुमारी सामाजीक काममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँ मकवानपुरगढी–३ मा रहेको भानु माविको अध्यक्ष, सहिद रुद्र पाख्रिन स्मृति पार्कको अध्यक्ष, श्रमिक सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको उपाध्यक्ष हुनुहुन्छ । आसन्न स्थानीय तह निर्वाचनमा उहाँ सत्ता गठबन्धनको तर्फबाट मकवानपुरगढी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ । उपाध्यक्षको उम्मेदवार भई रहँदा उहाँले आफ्नो प्रतिबद्धता पत्र पनि सार्वजनिक गर्नु भएको छ । यस्तो छ मानकुमारीको चुनावी प्रतिबद्धता पत्रः–
राजनीति व्यवसाय होईन सेवा हो । जनप्रतिनिधि शासक होईन सेवक हो ।
(के तपाईहरु समस्यामा हुनुहुन्छ ? म त्यही हुनेछु ।)
१) जनप्रतिनिधि भईसकेपछि सबैको साझा बनेर काम गर्नेछु ।
२) जातीय, क्षेत्रीय, धार्मिक र राजनीतिक आस्थाको आधारमा कसैलाई भेदभाव गर्ने छैन ।
३) बिकास बजेटलाई सबै वडाहरुमा समान रुपले बितरण गर्नेछु ।
४) प्रदेश र संघीय सरकारबाट प्राप्त हुने बिकास बजेट सबै वडाहरुमा सन्तुलित बितरण गर्नेछु ।
५) मकवानपुरगढी गाउँपालिकाको सबै वडाहरुलाई भावनात्मक रुपमा एकबद्धता बनाउन पहिलो बर्षमा नै वागमती प्रदेशको राजधानी तथा मकवानपुरको मुकाम हेटौंडासम्मको सडकलाई प्राथमिकताका साथ निर्माण गर्नेछु ।
६) पालिकाको सबै वडामा विद्युत्, खानेपानीलगायत भौतिक पूर्वधारको क्षेत्रमा जनताको माग र आवश्यकताको आधारमा काम गर्नेछु ।
७) किसानको सबै समस्या हल, समयमै बिउ र मलको अवधारणा लागु गर्नेछु । साथै किसानको उत्पानलाई सहज बजारीकरणका लागि ठोस काम गर्नेछु ।
८) महिला सशक्तिकरणको कार्यक्रम लागु गर्नेछु । महिलाहरुलाई जागरुक र सक्षम बनाउन योजनासहित काम गर्नेछु ।
९) एकल महिलाहरुलाई व्यवसाय तथा आयआर्जनमा प्रोत्साहन अनुदानको व्यवस्था गर्नेछु ।
१०) छात्र उच्च शिक्षा अनुदान कार्यक्रम लागु गर्नेछु ।
११) बालबालिकासँग गाउँपालिका कार्यक्रमको अवधारणा ल्याउनेछु ।
१२) गाउँपालिका उपाध्यक्षसँग “छोरी पढाउ मनोवल फेरिन्छ’ कार्यक्रम लागु हुनेछ ।
१३) पालिकाको आन्तरिक आयबाट प्राप्त रकम शैक्षिक क्षेत्रमा लगानी गर्नेछु ।
१४) एकल महिला, सुत्केरी, वृद्धवृद्धा,अपाङ्गता भएका व्यक्ति र असायहरुका लागि निःशुल्क एम्बुलेन्स र उपचारको व्यवस्था गर्नेछु ।
१५) पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको लागि सामुहिक आवास गृहको व्यवस्था गर्नेछु । ५०५ अपाङ्गता भएको हकमा सक्ने सिप सिकाई उत्पादनको काममा लगाईनेछ ।
१६)पालिका स्तरमा खेलकुद एकेडेमी बनाई वार्षिक रुपमा व्यवसायीक खेलाडीहरु उत्पादन गरिनेछ ।
१७) खेलकुद युवाको शान, बढ्नेछ हाम्रो स्वाभिमान कार्यक्रम लागु गर्नेछु ।
१८) हरेक माध्यमिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा तालिमको ब्यस्था गर्नेछु ।
१९) जनयुद्ध, जनआन्दोलनका सहिद परिवारको लागि बिशेष कार्यक्रम बनाउनेछु ।
२०) गाउँपालिका भरिका दलित विद्यार्र्थीहरुका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नेछु साथै वार्षिक एक जोर पोशाक निःशुल्क उपलब्ध गराउने व्यवस्था
२१) दलित समुदायलाई व्यवसायिक बनाउन उद्यमशिलता तालिम र अनुदान उपलब्ध गराईनेछ ।
२२) महिलाहरुले सुरु गरेको व्यवसायलाई प्रोत्साहन रकम उपलब्ध गरिनेछु ।
२३) महिला सहकारी प्रबद्र्धन कार्यक्रम संचालन गरिनेछ ।
२४)सरकार, सहकारी र निजी क्षेत्र साझेदारीमा उद्योग सञ्चालन गरि रोजगारी सिर्जना गर्नेछु ।
२५) एक घर, एक रोजगारको नीति अबलम्बन गर्नेछु ।
२७) न्याय सेवालाई सबैको पहुँचमा बिस्तार गर्नेछु ।
२८) सबै धर्म प्रति समान भाव राख्ने छु र सबै धार्मिक स्थलहरुको विकासमा उत्तिकै जोड गर्नेछु ।
२९) मकवानपुर गढी गाउँपालिकामा ५९५ जनजातीको बस्ती रहेकोले सोही अनुरुप समुदायको सामाजिक, आर्थिक, सांस्कृतिक विकासको योजना निर्माण गर्नेछु ।
३०) यस गाउँपालिकाको भौगोलिक अवस्था अनुरुपको पर्यटन क्षेत्रको विकासमा ध्यान दिनेछु ।
३१) मनकामना मन्दिर, रुद्र स्मृति पार्क, विजय पार्क, ऐतिहासिक मकवानपुर गढी दरबार, ढुङगे गढी हँुदै बुढीचौरको ऋषेश्वर गुफा सम्म पर्यटकिय मार्ग बनाउँदै नमुना पर्यटकिय स्थलको रुपमा विकास गर्नेछु ।
३२) पालिकाका सडकको दुई तिर बिरुवा रोपी हरित सडकको रुपमा विकास गर्नेछु ।
३३) मकवानपुरगढी गाउँपालिकाको वडा नं.५ र ६ चट्याङ्कको उच्च जोखिममा रहेको हुँदा विज्ञहरुको सुझाव अनुसार न्यूनिकरणको कार्यक्रम बनाउने छु ।
३४) गाउँ फर्कौं, जमिन जोतौं, उत्पादन बढाऔं कार्यक्रम ल्याउनेछु ।
३५) उत्पादन पकेट क्षेत्र बनाई लागानी व्यवस्थापन गरिनेछ । उपाध्यक्षमा निर्वाचित भए आफुले पाउने पारिश्रमिकको ४० प्रतिशत छात्राहरुको पढाईमा खर्च गर्नेे छु ।
३६) पालिकामा रहेको भाषा, संस्कृति र पर्यटकीय स्थलको विकास गर्नेछु ।
३७) भाषा साहित्यको विकासका लागि पालिकास्तरिय प्रतिष्ठानको निर्माण गर्नेछु ।
३८) युवालाई प्रविधिमा जोड्दै पशुपालन तथा कृषि उद्यममा लगाउने नीति ल्याउनेछु ।
३९) सीप भएका तर लगानी गर्न नसक्नेहरुको पहिचान गरेर सीप अनुसारको व्यवसायका लागि प्रोत्साहन गर्नेछु ।
४०) सामुदायिक विद्यालयमा सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्नेछु ।
४१) पालिकामै गुणस्तरिय स्वास्थ्य सेवा प्रदानका लागि अस्पताल निर्माण तथा स्तरिकरण गर्ने उपाध्यक्ष पदकी उम्मेदवार मानकुमारी पाख्रिन नेपाली (आशा) ले प्रतिबद्धता पत्रमा उल्लेख गर्नु भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin