मकवानपुरगढी गाउँपालिकामा ११ जनाले लिए उम्मेदवारी फिर्ता (नामावलीसहित)

२०७९ बैशाख १७, मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन । शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा आएर ११ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत नारन प्रसाद पोखरेलले जानकारी दिनु भयो ।

उहाँका अनुसार वडा अध्यक्ष पदका उम्मेदवार प्रेम प्रसाद दहाल, नवराज हुमगाई, बिष्णुप्रसाद दंगाल, चुडा प्रसाद बन्जारा, टुकप्रसाद होमागाई, वडा सदस्य पदका उम्मेदवारहरु सितारा न्यौपाने, दिक्पाल तिमल्सीना, श्याम प्रसाद ढुङ्गाना, शेरबहादुर मुक्तान,जितबहादुर मुक्तान,राजप्रकाश भण्डारीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

११ जनाकै नाम हटाएर अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin