मकवानपुरगढीमा एमाले निकट खेलकुद महासंघ गाउँकमिटी तथा निर्वाचन प्रचारप्रसार कमिटी गठन

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ मकवानपुरगढी गाउँपालिकाको प्रथम भेला वडा नम्बर ३ पशुमैत्री पार्कमा शुक्रबार  सम्पन्न भएको छ ।

नेपाल खेलकुद महासंघको केन्द्रिय सचिवालय सदस्य धर्म लामाको प्रमुख आतिथ्यता एवम् नेपाल खेलकुद महासंघ मकवानपुरका सदस्य तथा मकवानपुरगढी इन्चार्ज वसन्त न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

भेलाले राजकुमार दुलालको अध्यक्षतामा २५ सदस्यीय नेपाल खेलकुद महासंघ मकवानपुरगढी गाउँकमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा पुष्कर घिमिरे ,सचिव पर्बत बुढाथोकी ,सहसचिवमा सन्देश पुडासैनी र सन्दीप स्याङ्तान , कोषाध्यक्षमा दिपेश सापकोटा लगायतका रहेका छन् ।

कार्यक्रममा नेकपा एमालेका बागमती प्रदेश सदस्य नवराज तिमल्सिना (आशिष ) , जिल्ला सचिवालय सदस्य एवम् गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा एमालेबाट मकवानपुरगढी गाउँपालिकाका अध्यक्षका उमेदवार बिदुर हुमागाई , जिल्ला सचिवालय सदस्य मेम्बर लो , एमाले मकवानपुरगढी गाउँकमिटी उपाध्यक्ष जितबहादुर घिमिरे, नेपाल खेलकुद महासंघ बागमती प्रदेशका कोषाध्यक्ष ईन्द्रप्रसाद संजेल , एमालेबाट मकवानपुरगढी गाउँपालिकाको उपाध्यक्षका उमेदवार सन्तु थिङ , मकवानपुरगढीका विभिन्न वडाका वडाध्यक्षका उमेदवारहरु गोपाल लुङ्वा , सन्तबहादुर सिंघार , भागवत घिमिरे , अर्जुन तिमल्सिना , जितबहादुर घिमिरे , टीका दाहाल, एकबहादुर गोले र विनोद पुडासैनी , अनेरास्ववियु मकवानपुर जिल्ला कमिटी सचीव पुष्कर तिमल्सिना ,सहसचिव प्रमोद फुयाल , राष्ट्रिय युवा संघ नेपाल मकवानपुरगढी गाउँकमिटी अध्यक्ष उत्तम अधिकारी लगायतकाको आतिथ्यता रहेको थियो ।

साथै आज नै राष्ट्रिय युवा संघ नेपाल मकवानपुरगढी गाउँकमिटीका अध्यक्ष उत्तम अधिकारीको संयोजकत्वमा ३०१ सदस्यीय चुनाव प्रचारप्रसार कमिटी गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin