कारखानाको कार्यक्रम सम्पन्न


हेटौडा फाल्गुण ९  – मोवाइल आर्टस् फर पीस म्याप को सहकार्यमा कारखाना समुह ज्ञानेश्वर काठमाडौले श्री जनप्रिय माध्यमिक विद्यालय हेटौडा १६ हटिया चिसापानी मकवानपुरमा ३ दिवसीय कलामा आधारित सामुदायिक कार्यक्रमको समापन कार्यक्रम एक समारोहका विच हेटौडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । शिक्षण सिकाइ क्रियाकलापलाई कलाको माध्यमवाट योजनाबद्द रुपले संचालन गर्दा प्रभावकारी हुने निष्कर्ष कार्यक्रमको रहेको छ । वडा अध्यक्ष कोइरालाले विषयगत सामाग्रीलाई नाटक र अभिनयको सांकेतिक माध्यमवाट प्रस्तुत गरेमा शिक्षण अत्यन्तै रोचक हुने विद्यार्थीहरुले पनि रुची दिने र सिकाई परिणाममुखी हुने विचार राख्नु भयो । कार्यक्रममा श्री जनप्रिय माविका प्रधानाध्यापक भुपेन्द्र चौलागाई कारखाना समुहका संस्थापक साकार पुडासैनी त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक राजिव तिमल्सिना श्री जनजागृति मावि रातोमाटेका सहायक प्रधानाध्यापक दिल कुमार लामा श्री चुरियामाई माविका शिक्षक शर्मिला गुम्मी श्री जनप्रियका म्याप फोकल शिक्षक कृष्ण प्रसाद अधिकारी लगायतकाले कार्यक्रमको उपादेयताको वारेमा आआफ्नो धारणा राख्नु भएको थियो ।
प्रशिक्षकद्वय जुही अधिकारी र गुन्जन दिक्षीतको सहजीकरणमा तयार भएका सामाजिक विभेद, भ्रष्टाचार, चेलीवेटी वेचिवखन, वैदेशिक रोजगारलाई कलाका माध्यवाट समस्या र समधानका पक्षहरुलाई प्रस्तुत गरिएको शिक्षक युक्त लाल विश्वकर्माले जानकारी गराउनु भएको छ । कार्यक्रममा विभिन्न विद्यालयका वाल क्लवका ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin