हेटौंडामा आधुनिक सुनचाँदी पसल शुभारम्भ

९ फागुन २०७९ –
हेटौंडामा आधुनिक सुनचाँदी पसल आजबाट सञ्चालनमा आएको छ ।  ‘सुनमा शुद्धता डिजाईनमा आधुनिकता’ भन्ने श्लोगनका साथ मंगलबार एक कार्यक्रमकाबिच आधुनिक सुन चाँदी पसल सञ्चालनमा आएको हो ।

हेटौंडा २ पुरानो मकवानपुर रोडमा सञ्चालनमा आएको सुनचाँदी पसलमा दक्ष कालिगडबाट अर्डरअनुसार आधुनिक डिजाईनका गरगना बनाईनुका साथै रेडिमेड गरगहना पनि पाईने प्रोपाईटर राजु सेन्चुरीले बताउनुभयो । पछिल्लो समय सुनको भाउ अकासिएको अवस्थामा ग्राहकको चाहना बमोजिम थोरै लागतमा समेत गहगहना बनाईने उहाँको भनाई छ ।

प्रोपाईटर सेन्चुरीले ग्राहकसंग भएका पुराना गरगहनाबाट नयाँ डिजाईनका आर्कषक गहना बनाइने समेत बताउनुभयो । साना केटाकेटी देखी ठुला सम्मका लागी अर्डर बमोजिम आधुनिक गर गहना बनाईने भएकाले गरगहनाका पारखीहरुको लागि पसल भिजिटको लागि आउन पनि सन्चालक सेन्चुरीले आग्रह गर्नु भएको छ ।

Flash News Slide Uncategorized समाचार स्थानीय