मनकामना दुग्ध सहकारी संस्थाको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

१२ पौष २०८१
मकवानपुरगढी ३ मक्राञ्चुलीमा रहेको जिल्लाकै ठूलो दुग्ध उत्पादक संस्था  मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको यही पौष २१ गते हुने निर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता भएको छ ।
९ सदस्य कार्यसमिति ३ सदस्य लेखा समिति र जिल्ला प्रतिनिधिको लागि उम्मेदवारी दर्ता भएको हो। संस्थाको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा वर्तमान अध्यक्ष अर्जुनप्रसाद दहाल, पूर्व अध्यक्ष कृष्णप्रसाद पोखरेल र पुष्पकमल सुवेदीको उम्मेदवारी परेको छ।
उपाध्यक्षमा गोविन्दप्रसाद दहाल ,रामेश्वर घिमिरे र कविता न्यौपानेको उम्मेदवारी परेको छ।सञ्चालक सदस्यहरूमा नकुलप्रसाद लम्साल,राजु सापकोटा ,सरोज फयल ,कमलाकुमारी देवकोटा,मधु विश्वकर्मा, गोविन्दप्रसाद देवकोटा, दामोदर अधिकारी सिताराम तिमल्सिना,शालिकराम सापकोटा, सुशिला कुमारी दहाल, इन्दिरा न्यौपाने, कृष्णप्रसाद घिमिरे, सूर्यमाया रुम्बा ,शर्मिला तिमल्सिना र हरिप्रसाद अधिकारीको उम्मेदवारी परेको छ।

लेखा समिति संयोजकमा केशव रेग्मी र  रोमनाथ रेग्मीको उम्मेदवारी परेको छ भने लेखा समिति सदस्यहरूमा वासुप्रसाद न्यौपाने र  सरस्वती अधिकारीको उम्मेदवारी परेको छ ।
जिल्ला प्रतिनिधिमा जनकप्रसाद रेग्मी, गोविन्दप्रसाद तिमल्सिना र नीलप्रसाद न्यौपानको उम्मेदवारी परेको निर्वाचन संयोजक सूर्यबहादुर गुरुङले जानकारी दिनुभएको छ।मनकामना दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडमा ३६४ जना शेयर सदस्य रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *