नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज विजय गौतमले मुलुकमा अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख को व्यवस्था गर्नुपर्ने बताउनुभयो।
बकैया गाउँपालिकाको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेता गौतमले नेपालमा राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अपनाउँदा उपयुक्त हुने बताउनु भएको हो । जनताको जीवन बदल्न नसक्ने प्रणाली अबको दुनियाँमा टिक्न सक्दैन भन्ने कुरा पुष्टि भइसकेको छ । अर्को प्रसङ्गमा नेता गौतमले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारले डुङडुङ्गती गनाएको भन्दै माओवादीले सुरु गरेको सुशासनको अभियान बाट डराएर बनेको सरकारले जनताको विश्वास गुमाइसकेको बताउनुभयो। सरकारले सुशासनको विरुद्धमा भ्रष्टाचार गर्नेहरूलाई , माफिया र बिचौलिया संरक्षण गरिरहेको उहाँले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले देश अहिले माओवादीमय बन्दै गएको भन्दै २०८४ को चुनावबाट सबैभन्दा ठूलो दल बन्ने दाबी गर्नुभयो ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले हिजो चुनावमा भोट माग्न जनताको बीचमा जाँदा गरेको बाचा पूरा गर्न स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। जनताले नेकपामाओवादी केन्द्रबाट ठूलो आशा र भरोसा गरेको भन्दै निराश बनाउने छुट कसैलाई नरहेको बताउनुभयो।
माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य तथा मकवानपुरका अध्यक्ष भीम पाख्रिन ,बागमती प्रदेश सचिवालय सदस्य तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रदेश कमिटी सदस्य लक्ष्मी माझी लगायतकाको आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्ला , पालिका कमिटीका नेता कार्यकर्ता तथा पार्टीका विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सम्मेलनले बिमल नेपालको अध्यक्षतामा ७ सदस्यीय पदाधिकारी र ४५ सदस्यीय कार्यसमिति चयन गरेको छ।