मकवानपुरगढी ३ मक्राञ्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन अर्जुनप्रसाद दहाल निर्वाचित हुनुभएको छ। अध्यक्षका प्रतिस्पर्धी कृष्णप्रसाद पोखरेललाई पराजित गर्दै दहाल दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो। ३४१ मत खसेकोमा दहालले २२३ मत प्राप्त गर्दा पोखरेलले १११ मत प्राप्त गर्नुभयो। त्यस्तै उपाध्यक्षमा गोविन्दप्रसाद दहालले २८१ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी कविता न्यौपानेले ४२ मत प्राप्त गर्नु भयो ।
यस्तै जिल्ला प्रतिनिधि सदस्यमा नीलप्रसाद न्यौपानेले २१० मत प्राप्त गरी विजयी हुदा जनक रेग्मीले ११० मत प्राप्त गर्नुभएको थियो। ३४१ मत खसेकोमा सात मत बदर भएको निर्वाचन संयोजक सूर्यबहादुर गुरुङले जानकारी दिनु भयो । अन्य पदमा भने यसअघि नै सर्वसम्मत चयन गरिएको थियो।