कतै सार्वजनिक जग्गा देख्नै नहुनेलाई अब जनताले चुन्नेछैनन् ः नेता मोक्तान

हेटौंडा, २० पुष

बागमती प्रदेशकी पुर्ब सामाजिक विकास मन्त्री एबम् माओबादी केन्द्रकी केन्द्रिय सदस्य कुमारी मोक्तानले सार्बजनिक जग्गा देख्ने बित्तिकै निजिकरण गर्ने भुमाफियाहरुलाई अबको चुनावमा जनताले मत नदिने बताउनुभएको छ । माओबादी केन्द्र हेटौंडा उपमहानगरपालिकाको अधिबेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै नेता मोक्तानले आफ्नो देशको नागरिकलाई बेच्ने र सार्बजनिक जग्गा निजिकरण गर्नेहरुलाई जनतामाझ उभिन कठिन हुने जिकिर गर्नुभयो । उहाँले माओबादी केन्द्रले चलाएको सुशासनको अभियानले माओबादी पार्टीमा उभार आएको बताउनुभयो । उहाँको अनुसार महिला, दलित, जनजाती लगाएत समाबेशीको मुद्धा स्थापित गर्न सफल भएको पार्टी माओबादी केन्द्रले अब भ्रष्टचारबिरुद्धको अभियानमा पनि सफलता हाल पार्दै जनताको जिवनस्थर सुधारमा लाग्ने जनाउनुभयो ।
कार्यक्रममा बोल्दै माओबादी केन्द्रका केन्द्रिय सदस्य एबम् मकवानपुर ईन्चार्ज बिजय गौतमले जनताको मुद्धामा केन्द्रित भएको कारण पनि माओबादी केन्द्रमा जनताको साथ र समर्थनमा बृद्धी भएको बताउनुभयो । उहाँले अब जनताको अबस्थामा सुधार ल्याउन पार्टीले बिशेष अभियान चलाउदै जनताको मुद्धालाई अझ सशक्तरुपमा उठान गर्ने बताउनुभयो ।
माओबादी केन्द्र हेटौंडा उपमहानगरपालिका अध्यक्ष तिर्थबहादुर थापाको अध्यक्षतामा सम्पन्न उद्घाटनसत्रमा माओबादी केन्द्रका केन्द्रिय सदस्य मानकुमारी पाख्रिन, प्रल्हाद लामिछाने, जिल्ला सचिब बिर बहादुर घलान( ज्वाला) लगाएतले बोल्नुभएको थियो ।

Flash News Slide Uncategorized राजनीति समाचार