
मकवानपुरगढी , कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले लगाएको लकडाउनका कारण मकवानपुरगढीमा बसोबास गर्ने दैनिक ज्यालादारी गरि दैनिकी चलाउने विपन्न परिवारलाई सहयोग पुगोस् भन्ने उदेश्यका लागि आज मकवानपुरगढी गाउँ पालिकामा सहयोग प्राप्त भएको छ ।
नेपाल रास्ट्रीय वाणिज्य संघ मकवानपुरले आज एक कार्यक्रमका बिच मकवानपुरगढी गाउँ पालिका लाई उक्त सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।
उक्त हस्तान्तरण कार्यक्रममा नेपाल रास्ट्रीय वाणिज्य संघ मकवानपुरका केन्द्रिय सदस्य माधव ज्ञवाली , मकवानपुर जिल्ला अध्यक्ष बिष्णुहरि पण्डित , उपाध्यक्ष राजेश लामिछाने , सल्लाहकार तेजराज अधिकारी , सचिवालय सदस्य रामचन्द्र रेग्मी , सदस्य कृष्ण ढुंगाना , कपडा तथा तयारी पोसाक संघ मकवानपुरका उपाध्यक्ष एवम् रास्ट्रीय ब्यापार संघका सदस्य नेत्रप्रसाद खतिवडाको उपस्थिति रहेको थियो भने गाउँपालिकाको तर्फबाट वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरे , गाउँ पालिका योजना शाखाका प्रकाश न्यौपाने , देविडांंडा टोल विकास संस्थाका अध्यक्ष प्रेमप्रसाद दहाल लगायतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ४५० किलो चामल , ६० किलो दाल र ३० पाकेट आयोनुन हस्तान्तरण गरिएको नेपाल वाणिज्य संघ मकवानपुरका सल्लाहकार एवम् कपडा तथा तयारी पोसाक संघ मकवानपुरका अध्यक्ष तेजराज अधिकारीले बताउनु भयो । प्राप्त भएको सामाग्री उपयुक्त परिवार छनौट गरि वितरण गरिने गाउँ पालिका अध्यक्ष विदुर हुमाँगाईले बताउनु भएको छ ।


