लकडाउनले शहरमा छ कष्ट , गाउँका जनता खेतीपाती अनि घर-घरायसी काममा ब्यस्त

खरेटो कुचो अनि पिंडालुको मस्यौरा बनाउन ब्यस्त मकवानपुरगढी -३ मक्रान्चुलीका स्थानीय

मकवानपुरगढी , कोभिड १९ अर्थात् नोबोल कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर सरकारले यहि चैत्र ११ गते देखि देशभर लकडाउन गरिरहेको छ । जसका कारण अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द हुँदा जनताका दैनिकी भने कष्टकर हुँदै गइरहेको छ ।

लकडाउनको असर सहर बजारमा भन्दा ग्रामीण भेगमा भने केही न्यून रहेको छ । सहरमा अत्यावश्यक बाहेक घर बाहिर निस्कन त्यति सहज छैन भने गाउँका जनता खेतीपाती लगाउन / उठाउन लगायत घर-घरायसी काममा ब्यस्त छन् । सामान्य बेलाको जस्तो चहलपहल त छैन तरपनी बर्षभरी खाने अन्नपात लगाउने बेला भएका कारण काम गर्नुपर्ने बाध्यता रहेको मकवानपुरगढी – ३ मक्रान्चुलीका स्थानीय नवराज संजेलको भनाइ रहेको छ ।

त्यसो त वैदेशिक रोजगारीमा गएका मध्ये पालिकाभरिमा १७ जना मानिस कोरोना संक्रमित देशबाट फर्किएका कारण सचेत हुनुपर्ने अवस्था छ । अहिले सम्म उनिहरु होम क्वारेन्टाइनमा नै रहेका छन् । हुन त गाउँ पालिकाले वडा नम्बर २ को चण्डिका मावी सिखरकटेरीमा र वडा नम्बर ६ को इश्वरी प्रावी बाग्दलीमा क्वारेन्टाइन तयार गरे पनि अहिलेसम्म कसैलाई पनि राखिएको छैन ।

https://www.facebook.com/radiomakwanpurgadhi/videos/1535338946630799/?t=0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin