
२७ जेष्ठ २०७८
ग्रामीण महिला सेवा केन्द्रको पालिका स्तरीय सामाजिक लेखाजोखा कार्यक्रम सपन्न भएको छ । प्लान ईन्टरनेशल नेपाल संगको साझेदारीमा संचालन भएको नेतृत्व र निर्यण कार्यक्रम अन्तर्गत आज मकवानपुरगढी गाउपालिका र हेटौडा उप-महानगर पालिकामा कार्यक्रम गरे संगै यो कार्यक्रम सम्पन्न भएको हो ।
ग्रामीण महिला सेवा केन्द्रकी सचिब अचला शर्मा को सभाध्यक्षतामा सम्पन्न मकवानपुरगढी लक्षित कार्यक्रमा बोल्नुहुदै मकवानपुर गढी गा.पा वडा नं ३ का अधयक्ष एबं पालिकाका प्रबक्ता भागवत घिमिरेले यो अवस्थामा पनि वैकल्पिक प्रविधिको प्रयोग गरी कार्यक्रम गरेकोमा खुशी ब्यक्त गर्दै ग्रामीण महिला केन्द्र संग सहकार्य गर्दै कार्यक्रम संचालन गर्न आफुहरु तत्पर रहेकोले संस्थालाई सहकार्य गर्न आग्रह गर्दै उहाले थप्नुभयो “युवा लक्षित कार्यक्रमको लागी तपाई युवा साथीहरु आफ्नो चाहना अनुरुपका कार्यक्रम माग गर्नुहोस हामी सम्वोधन गर्न तयार छौ” ।
कार्यक्रममा ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपानेले गढी गा.पा मा सम्पन्न कार्यक्रम र तिनका उपलब्धि बारेमा जानकारी गराउनुभएको थियो भने बित्त तथा प्रशासन अधिकृत सर्मिला मगरले गढी गा.पा मा करिब १४,७३,७५८/- बराबरको कार्यक्रमगत खर्च भएको जानकारी दिनुभयको थियो कार्यक्रममा वडा नं २ का अधयक्ष बखान सिंह पाख्रिन वडा नं ५ का अधयक्ष जित बहादुर घिमिरे प्रमुख प्रशासकीय अधिकृत राम कुमार पुडासैनी, परिवर्तनका संवाहक सहजीकरण कक्षाका ब्यवस्थापन समिती, संयोजक पत्रकार, परिवर्तनका संवाहक सहजकर्ताहरु लगाएतको सहभागिता रहेको थियो ।




यता, हेटौडा उपमहानगर पालिका केन्द्रित कार्यक्रम भने ग्रामीण महिला सेवा केन्द्रकी उपाध्यक्ष मेनुका घिमिरेको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा ग्रामीणले गरेको कार्यक्रम बारे जानकारी दिनुहुदै ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपानेले साबिकका चुरियामाई,पदमपोखरी र बसामाडीमा (हालका हेटौडा उपमहानगरपालिका वडा नं ३,१९,१२,१३,१४ मा )र १५ कार्यक्रम संचालन गरिएको बताउनुभयो ।
त्यस्तै यी क्षेत्रमा कार्यक्रमको लागी करिब ४८,०८,१५६ /- बजेट खर्च भएको ग्रामीण महिला सेवा केन्द्रकी बित्त तथा प्रशासन अधिकृत सर्मिला मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा हेटौडा उपमहानगर पालिका वडा नं ३ क अधयक्ष राम कुमार पुडासैनी, वडा नं १२ का ललित घलान, वडा सदस्यहरु, परिवर्तनका संवाहक सहजीकरण कक्षाका ब्यवस्थापन समिती संयोजक पत्रकार, परिवर्तनका संवाहक सहजकर्ताहरु लगाएतको सहभागिता रहेको थियो ।
दुवै कार्यक्रम भर्च्युअल् रुपमा सम्पन्न भएको हो ।










