ग्रामीणद्वारा २ गाउँपालिकाका ४ बर्थिंङ्ग सेन्टरमा स्वास्थ्य सामग्री सहयोग

असार ०६, २०७८

ग्रामीण महिला सेवा केन्द्र र प्लान ईन्टरनेशनल नेपाल को साझेदारीमा सञ्चालित नेतृत्व र निर्णय कार्यक्रम अन्तर्गत मकवानपुरगढी गाउँपालिका र बागमती गाउँपालिकामा रहेको २/२ वटा बर्थिंङ्ग सेन्टरमा किशोरी मैत्री स्वास्थ्य सेवा प्रबर्दनमा टेवा पुगोस भन्ने उदेश्यले सहित स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ । गत शुक्रबार मकवानपुरगढी गाउँपालिका १ मा रहेको आँपटार सामुदायिक स्वास्थ्य ईकाई र मकवानपुरगढी गाउँपालिका २ मा रहेको मकवानपुरगढी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो । मकवानपुरगढी गाउँपालिका १ आपटार सामुदायिक स्वास्थ्य ईकाई मा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका १ का वडा अध्यक्ष एबं  आँपटार सामुदायिक स्वास्थ्य ईकाई ब्यबस्थापन समिती अध्यक्ष आईत सिंह लो तथा ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीले आपटार सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख मिलन लामा लो लाई संयुक्त रुपमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो । सामग्री बुझ्नुहुदै सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख मिलन लामा लो ले यस सामुदायिक स्वास्थ्य ईकाईमा सुत्केरी गराउने को संख्या धेरै हुने हुनाले यी स्वास्थ्य सामग्रीहरुले अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । मकवानपुरगढी गाउँपालिका १ का वडा अध्यक्ष आईत सिंह लो ले गा.पा. र वडाले सोचे भन्दा बाहिरको स्वास्थ्य सामग्रीहरु प्राप्त भएकोले मकवानपुरगढी गाउँपालिका १ को स्वास्थ्य क्षेत्रमा ठुलों टेवा तथा उर्जा मिलेको बताउनु हुदै सहयोगी संस्थालाई आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै धन्यवाद ब्यक्त गर्नुभयो ।

मकवानपुरगढी गाउँपालिका १ का वडा अध्यक्ष आईत सिंह लो तथा ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्की द्वारा संयुक्त हस्तान्तरण एबं सामग्री बुझ्नुहुदै आँपटार सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख मिलन लामा लो

यता,  मकवानपुरगढी गाउँपालिका २ मा रहेको मकवानपुरगढी स्वास्थ्य चौकीका प्रमुख बिदुर प्रसाद लामिछाने लाई मकवानपुरगढी गाउँपालिका २ का वडा अध्यक्ष बखान सिंह पाख्रिन र ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीले संयुक्त रुपमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो सामग्री बुझ्नुहुदै मकवानपुरगढी स्वास्थ्य चौकीका प्रमुख बिदुर प्रसाद लामिछानेले सहयोगी संस्थाले प्रदान गरेको सामग्रीको प्रयोगले स्वास्थ्य चौकीको सेवा प्रवाहमा थप सहजता मिल्ने बताउनु भयो । कार्यक्रममा बोल्न्नु हुदै मकवानपुरगढी गाउँपालिका २ का वडा अध्यक्ष बखान सिंह पाख्रिनले स्थानीय तहले गर्न नसकिरहेको अवस्थामा सहयोगी संस्थाले सहयोग गरेको छ अब हामी यी सामग्रीहरुलाई सहि ढंगले प्रयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीले ग्रामीण महिला सेवा केन्द्रले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको जानकारी गराउनुहुदै किशोरी मैत्री स्वास्थ्य सेवा प्रबर्दनमा टेवा पुगोस भन्ने उदेश्यले यी स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको बताउनु भयो ।

मकवानपुरगढी गाउँपालिका २ का वडा अध्यक्ष बखान सिंह पाख्रिन तथा ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्की द्वारा संयुक्त हस्तान्तरण एबं सामग्री बुझ्नुहुदै मकवानपुरगढी स्वास्थ्य चौकीका प्रमुख बिदुर प्रसाद लामिछाने

तेस्तै, शनिवार बागमती गाउँपालिका ४ पाँचपाण्डबमा रहेको पाँचपाण्ड सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख सरस्वती लामा घलानलाई बागमती गाउँपालिका ४ का वडा अध्यक्ष  रहर सिंह थिंग ग्रामीण महिला सेवा केन्द्रकी उपाध्यक्ष मेनुका दहाल एबं ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपानेले संयुक्त रुपमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो । वडा अध्यक्ष  रहर सिंह थिंगले अब पाँचपाण्डब सामुदायिक स्वास्थ्य ईकाईबाट आगामी दिनहरुमा किशोरी मैत्री स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

बागमती गाउँपालिका ४ का वडा अध्यक्ष  रहर सिंह थिंग ग्रामीण महिला सेवा केन्द्रकी उपाध्यक्ष मेनुका दहाल एबं ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपाने द्वारा संयुक्त हस्तान्तरण र सामग्री बुझ्नुहुदै पाँचपाण्ड सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख सरस्वती लामा घलान

संगै बागमती गाउँपालिका ५ बगेरी रहेको रहेको बगेरी सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख निरोज घलानलाई बागमती गाउँपालिका ५ का वडा अध्यक्ष  बुद्धिमान माझी ग्रामीण महिला सेवा केन्द्रकी उपाध्यक्ष मेनुका दहाल एबं ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपानेले संयुक्त रुपमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो । बागमती गाउँपालिका ५ का वडा अध्यक्ष  बुद्धिमान माझीले  गाउँपालिकाले उपलब्ध गर्न नसकेको सहयोग संस्थाले गरेकोमा खुशी हुदै धन्यवाद ब्यक्त गर्नु भयो ।

ग्रामीण महिला सेवा केन्द्रले दुवै पालिकामा  बिरामी परिक्षण बेड, गाइनो बेड, बर्थिंङ्ग सेट, अटो क्लेब मेसिन, विधुतीय सक्सन मेसिन लगाएतको करिब १,५३,५००/- बराबरको स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपानेले बताउनु भएको छ।

बागमती गाउँपालिका ५ का वडा अध्यक्ष  बुद्धिमान माझी ग्रामीण महिला सेवा केन्द्रकी उपाध्यक्ष मेनुका दहाल एबं ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपाने द्वारा संयुक्त हस्तान्तरण र सामग्री बुझ्नुहुदै बगेरी सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख निरोज घलान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup