मउवा संघ निर्वाचन: वस्तुगत तर्फ उपाध्यक्षमा राजु अधिकारी विजयी

  २०७८ कार्तिक १०

मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी हुनु भएको छ।

अधिकारीले १८ मत पाएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्धन्दी काव्यमणि अधिकारीले ११ मत पाउँनु भयो । ।

निर्वाचनमा वस्तुगत तर्फ जम्मा ३२ मत रहेकोमा ३१ मत खसेको थियो । २ मत बदर भएको छ । त्यस्तै वस्तुगत तर्फको सदस्यमा तेजराज अधिकारी र प्रदीप अर्याल विजयी भएका छन् ।

अधिकारीले १७, अर्यालले १५ मत मत प्राप्त गरेका छन् ।

सदस्य पदका उम्मेदवार अजिव भट्टराईले १२ मत र पुष्पराज पुडासैनीले १४ मत प्राप्तगरी पराजित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin