१० कार्तिक २०७८
मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिं रानाभाट विजयी भएका छन् ।
उनले अर्का उम्मेदवार प्रतिमा श्रेष्ठलाई पराजित गर्दै ३७० मत ल्याई विजयी भएका हुन् । श्रेष्ठले भने ३१९ मत प्राप्त गरेकी थिइन् ।
उद्योगमा ८९० मतदाता मध्ये ७५३ मत खसेको थियो । यसैगरी सदस्यहरुमा रुपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य, सन्तोषकुमार अर्याल र नरेन्द्र भण्डारी विजयी भएका छन् ।
उद्योगको सदस्य तर्फभने श्रीकृष्ण कर्माचार्य (४२३ ), दीपक शिवाकोटी (३३९ ), नरेन्द्र भण्डारी (३६२ ), भुपेन्द्र प्रसाद अधिकारी (३३२ ),रुपकराज दाहाल( ४६७), सन्तोषकुमार अर्याल (३५२ ), हरिप्रसाद ढकाल(२२३) र ज्ञानेन्द्र बर्तौला (२६९ )ले मत प्राप्त गरेका छन् । जसमा दाहाल, कर्माचार्य, भण्डारी र अर्याल विजयी भएका छन् ।
यसैगरी उद्योग सदस्य महिला आरंक्षण तर्फ सितादेवी भेटुवाल (३७९) मत प्राप्त गरी विजयी भएकी छिन् । अर्का उम्मेदवार मेनका श्रेष्ठले ३२८ मत प्राप्त गरिन् । सिधाखबर