जागरण साकोसको सभाः १७ करोड ३९ लाख कारोबार

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाले आव २०७८/७९ मा १७ करोड ३९ लाख ६ हजार ३३८ रुपैंया बराबरको कारोबार गरेको छ । शनिबार २४ औं वार्षिक साधारण सभा गर्दै सहकारीले वार्षिक प्रगतिप्रतिवेदन पेश गरेको छ ।

सहकारीमा १ करोड ७९ लाख ९ हजार आठ सय शेयर पुजीँ रहेको सहकारीमा १३ करोड ७२ लाख ३६ हजार ९५८ रुपैयाँ बचत निक्षेप रहेको छ ।
सभाको अवसरमा उत्कृष्ठ ऋणी अप्सरा स्याङ्तान, प्रभात सापकोटा, सोममाया पाख्रीन र राजेशकुमार जिएमलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै, नियमित बचततर्फ नुनराम आचार्य, कमला धिताल, लक्ष्मीमाया गोले र पुरुषोत्तम गौतमलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ठ बाल बचततर्फ क्रिस चुनिमगर, प्रायोजना घिमिरे, अभिषेक राइ र रितिका सापकोटालाई पुरस्कृत गरिएको थियो । सभामा उत्कृष्ठ शेयर खरिदकर्ता अमृता गजुरेल र रामकुमार राई र शेयर सदस्य वृद्धिका लागि योगदान गरे बापत विष्णु प्रसाद चौलागाईलाई सम्मान गरिएको तियो ।संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षतामा भएको सभामा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुखअतिथ्यता रहेको थियो । सभामा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन, जिल्ला बचत संघका उपाध्यक्ष मिना चौरेल, वडा नम्बर ४ का अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, वडा सदस्य सुमित्रा लामिछाने, राष्ट्रिय सहकारी बैंकका वेदप्रसाद तिमल्सिना, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुन दाहाल, हिमाल बहुउद्दश्यीय सहकारीका अध्यक्ष जानुका दाहाल लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

Flash News Slide Uncategorized राजनीति समाचार स्थानीय