मकवानपुरका किसानलाई धान भित्र्याउन चटारो

हेटौंडा । दशै सकिन नपाउँदै मकवानपुरका किसानहरुलाई धान भित्रयाउने निकै चटारो परेको छ । मकवानपुरका दश वटै स्थानीय तहका किसानलाई मध्य दसैँ र दशैको टिका लगतै देखि पनि धान भित्र्याउन चटारो परेको छ। उनीहरुलाई खेतभरि पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पिर समेत परेको छ।

मान्यजनबाट टिका लगाउन आज पनि जारी छ । त्यसमा दसैँ र धान भित्र्याउने समय एकैपटक पर्दा किसानलाई चाडबाडकोभन्दा खेती स्याहार्ने चटारो बढी छ।
गत असारमा लगाइएको धान असोज अन्तिम साता भित्र्याउने समय भए पनि निरन्तर वर्षा हुँदा खेतमै रहेको थियो । हेटौंडा हटियाका किसान श्रीराम घिमिरेले अब वर्ष पनि नहुने र लगाएको धान भित्रयाउन लागिपरेको बताए।

गत असोज २९ गतेसम्म ठूलो वर्षा भएको हुँदा धान भित्र्याउन नसकिएको भन्दै केही दिनदेखि पानी नपरेको हुँदा खेताला लगाएर धान काट्ने र भित्र्याउनतर्फ लागेको उनले बताए । यस वर्ष अलि ढिला आयो दसैँ, पोहोरपरार सालमा त यतिबेला तिहार आउँथ्यो, दसैँ सकेर धान भित्र्याउथ्यौँ, पानीले पनि त्यत्ति धेरै दुःख दिएको थिएन, अहिले त धान काट्ने बेला ठूलो वर्षा भयो, केही दिन भयो पानी परेको छैन त्यही भएर धेरै किसान धान काट्ने र भित्र्याउनमा व्यस्त छन्, अब बारीमा गहुँ पनि छर्ने समय भयो, एकैपटक धेरै काम गर्नुपर्छ, यो समय कामकै चटारो हुने भएको हुँदा दसैँ पोहोरपरार सालको जस्तो फुर्सदिलो नभएको किसानहरु बताउँछन् ।

धान काटेको तीन दिनमा छाट्ने र भित्र्याउने भएको हुँदा धेरै किसान यति बेला खेतमा व्यस्त भएका छन् । यस वर्ष समयमै वर्ष भएको हुँदा धान पनि राम्रो उत्पादन भएको भन्दै समयमै नभित्र्याए असिनाले नोक्सान गरिदिन सक्ने उनीहरु बताउँछन्।

Flash News समाचार