कोभिड १९ ले ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

२०७६ साल चैत्र २८ गते राति १०:१२ को worldometer को तथ्यांक

कोभिड १९ अर्थात् नोबेल कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार कुल ज्यान गुमाउनेको संख्या १ लाख २६० मध्ये इटालीमा १८ हजार ८४९ , अमेरिकामा १७ हजार ९१९ , स्पेनमा १५ हजार ९७० , फ्रान्समा १२ हजार २१० , बेलायतमा ८ हाजर ९५८ को ज्यान गएको worldometer ले जनाएको छ ।

यसैगरी संक्रमित हुनेको संख्या पनि १६ लाख ४७ हजार ६२४ पुगेको छ । जसमध्ये अमेरिकामा ४ लाख ७८ हजार ९८ , स्पेनमा १ लाख ५७ हजार ५३ , इटालीमा १ लाख ४७ हजार ५७७ , जर्मनीमा १ लाख १९ हजार ६२४ , फ्रान्समा १ लाख १७ हजार ७४९ पुगेको छ ।

छिमेकी देश भारतमा अहिले सम्म ज्यान गुमाउनेको संख्या २ सय उनान्तिस रहेको छ भने ७ हजार ३ सय ४७ जना संक्रमित भएका छन् ।

Uncategorized