मकवानपुर/ मकवानपुरमा सञ्चालित रेडियोहरुको सञ्चालकहरुको भेलाले साझा समुह गठन गरेको छ। आज रेडियो बुलेटिनमा भएको छलफल पछि मकवानपुर रेडियो सञ्चालक समुह निर्माण गरी कार्यसमिति चयन गरेको हो । कार्यसमितिमा रेडियो थाहा सञ्चारका सञ्चालक अरुणराज सुमार्गीको नेतृत्वमा मकवानपुरमा सञ्चालित रेडियोहरुको सञ्चालकहरुको छाता समुह गठन भएको छ।
जसमा उपाध्यक्ष अनिलकुमार खाति, सचिवमा एमपि शर्मा र कोषाध्यक्ष राजु लामीछानेलाई चयन गरेको छ।साथै मकवानपुरमा सञ्चालित सबै रेडियोका सञ्चालकहरु सदस्य रहने गरी समिति बनाइएको सचिव एमपि शर्माले बताउनु भयो।साथै उपाध्यक्ष अनिलकुमार खातिले आफुहरुले सबै रेडियोहरुको हितका लागि काम गर्न यसरी संगठित भएको बताउनु भएको छ।साथै उहाले कोभिड १९को मारमा परेका रेडियोहरुका लागि राहत पुग्ने गरी काम गर्ने पनि प्रतिबद्धता जनाउनु भएको छ ।