मकवापनुरको मकवापनुरगढीमा १४ करोडको लागतमा पक्की पुल निर्माण कार्यको सुरुवात भएको छ । संघीय सरकारको १४ करोडको लागतमा मकवापनुरगढी वडा नम्बर २ र ३ को सिमानाको सोल्टिमोडबाट ६ नम्बर वडा डुम्रेकुना जोड्ने १२० मिटर लम्बाइको पक्की पुल निर्माण कार्यको शुभारम्भ गाउँपालिका अध्यक्ष विदुर हुमागाईले मंगलबार गर्नुभएको छ ।
आगामी वर्ष २०७९ साल जेठमा पक्की पुल निर्माण सम्पन्न गर्नेगरी निर्माण कार्यको ठेक्का अनक कन्स्ट्रकसनले पाएको छ । पक्की पुल निर्माण भएपछि मकवानपुरगढी वडा नम्बर २, ३ र ६ नम्बर वडाका नागरिकले आवतजावतमा सहजता हुने गाउँपालिकाले जनाएको छ । पुल नहुँदा सामरी खोलाले तीन वडाका बासिन्दालाई हैरानी भएको थियो । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले समयमै पुलको निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनिलाई निर्देशन दिनुभएको छ ।