कोरोना नियन्त्रणमा युवा सक्रियता कायमै

मास्क वितरण गर्नुहुदै संजालकी अध्यक्ष अनिला पुलामी मगर

०६ असोज २०७८

पछिल्लो समयमा कोरोना कहर न्यूनीकरण गर्न युवाहरुको सक्रियता निकै बढेको छ, यस्तै बागमती गाउपलिका वडा नं ८ को शान्ति युवा संजालको आयोजनामा मंगलबार बागमती ६ फापरबारी बजार, बेतिनी स्वास्थ्य चौकी र वडा नं ८ को शान्तिपुरमा मास्क वितरण कार्य सम्पन्न भएको छ ।

कोरोना महामारी पूर्ण रुपमा नसकिएकोले कार्यक्रमको आयोजना गरिएको संजालकी अध्यक्ष अनिला पुलामी मगरले  जानकारी दिनुभयो । संजालले ६ नं वडा कार्यालय संग मास्क माग गरि कार्यक्रम गरिएको पुलामीले जानकारी गराउनुभयो ।  कार्यक्रम संचालन गर्न बागमती ६ नं वडा कार्यालयले १५० थान मास्क उपलब्ध गराएको हो । कार्यक्रममा संजालका सदस्य, ग्रामीण महिला सेवा केन्द्रकी रमा प्रजापति लगाएतको सहभागिता रहेको थियो ।

समाचार