श्रमिक सानाकिसान कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न

मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको श्रमिक सानाकिसान कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा आज समापन भएको छ ।

संस्थाकि अध्यक्ष निर्मला लम्सालको अध्यक्षता एवम् मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा वडा नं ३ का वडा अध्यक्ष भागवत घिमिरेको विशेष आतिथ्यता रहेको थियो ।

साविक मकवानपुरगढी गाविस कार्यक्षेत्र भएको सहकारीले गत भदौ २८ गतेदेखी वडावाइज रुपमा साधारणसभा गर्दै आएको थियो । संस्थामा २७४ समूह रहेका छन् भने शेयर सदस्य १५४८ जना छन् ।

संस्थाले आ.व. २०७७/०७८ मा १८ करोडको कारोबार गरेको छ भने यो वर्ष संस्थाले खुद नाफा ३७ लाख कमाएको संस्थाकी उपाध्यक्ष मानकुमारी पाख्रीनले बताउनुभयो । सभाले अध्यक्ष निर्मला लम्सालले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । संस्थाकी उपाध्यक्ष मानकुमारी पाख्रीनले स्वागत मन्तब्य राख्नुभएको सभाको संचालन प्रबन्धक गिता लम्सालले गर्नुभएको थियो ।

Flash News समाचार