नेकपा एमाले मकवानपुर गढी ३ को अध्यक्षमा राजु सापकोटा चयन ।

२०७८ कार्तिक ०६ गते

नेकपा एमाले मकवानपुर गढी गाउँपालीका वडा नम्वर ३ को अध्यक्षमा राजु सापकोटा चयन हुनु भएको छ । आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको सन्दर्भमा वडा ३ मा भएको अधिवेशनले सापकोटाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी निर्माण गरेको हो ।

कमिटीकोे उपाध्यक्षमा दुर्गा सापकोटा कँडेल , सचिवमा बिदुर हुमागाई , उप–सचिवमा उत्तम अधिकारी र देबेन्द्र रिमाल चयन भएका छन् । सदस्यहरुमा सिता अधिकारी ,रुद्र प्रसाद दहाल,मिन प्रसाद सापकोटा, तुलानाथ तिमल्सिना, साबित्रि देबकोटा,कृष्ण प्रसाद लामिछाने,अनिश पोखरेल,शशि लंसाल, गोकुल लंसाल , सुचित्रा सापकोटा, अनिता सापकोटा, राधिका सापकोटा, कमला देवकोटा , प्रेम बहादुर थोकर , जुलाफ योनजन ,बिष्णु न्यौपाने, पुर्सोतम रिमाल, रेणुका पौडेल , सुमित्रा गौतम र सरस्वती पौडेल चयन हुनु भएको छ । कार्यक्रम एमाले मकवानपुरका सल्हाकार बलराम हुमागाईको प्रमुख आतिथ्यतामा भएको होे । एमाले मकवानपुरका सल्हाकार हरि अधिकारी ,जील्ला कमिटि सदस्यहरु चन्द्र योन्जन , अर्जुन सापकोटा ,निर्मला लंसाल , वडा अध्यक्ष भागबत घिमिरे, बद्रि देबकोटा, गाउँकमिटी सदस्यहरु उमेश अधिकारी , सोबिता दहाल युवा संघ गढि गाउँ कमिटि संयोजक बिक्रम लुङवा, वडा सदस्यहरु सरिता सापकोटा , बिमला बिक, मन्जु योन्जन, क्युपेक नेपाल गाउँकमिटी अध्यक्ष भोलानाथ दहाल लगायतको आतिथ्यता रहेको थियो ।

तेस्तै गत स्थानीय तहको निर्वाचनमा मकवानपुर गढी वडा नम्बर ३ का राप्रपा तर्फका वडा अध्यक्षका उमेरद्वार रहेका राजकुमार दुलाल सहित विभिन्न पार्टी परित्याग गरि ८३ जना नेकपा एमाले प्रवेस गरेका छन् ।

Flash News राजनीति समाचार