कात्तिक १७, २०७८
मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको गढी स्टार स्पोर्टस् क्लबको आयोजनमा कार्तिक १८ गते गढी भेट्रान्स् फुटबल प्रतियोगिता हुने भएको छ । मक्राञ्चुलीमा रहेको फुटशल मैदानमा हुने प्रतियोगितामा ३० बर्ष माथिका खेलाडी सहभागि हुन पाउने छन । ।
प्रतियोगितामा मकवानपुरगढी गाउँपालीका भित्रका ६ वटा टीमले नाम दर्ता गरेको गढी स्टार स्पोर्टस क्लबका अध्यक्ष राजकुमार दुलालले जानकारी दिनु भएको छ । प्रतियागितामा प्रथम हुनेलाई खसी पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
पछिल्लो समय मकवानपुरगढी गाउँपालीकामा फुटबल प्रतियोगिताले ब्यापक्ता पाएको छ । केही समय अघि मात्र गढी स्टार स्पोर्टस् क्लबकै आयोजनामा गढी लिग सम्पन भएको छ । गढीगाउँपालीका स्तरिय शिक्षक फुटबल प्रतियोगिता पनि सम्पन्न भएको छ ।
यस्ता प्रतियोगिताहरु संचालन भईरहदा खेलकुदलाई रुचाउने युवाहरु उत्साहित भएका छन । प्रतियोगिता संचालन गर्न मकवानपुरगढी गाउँपालीकाले पनि आर्थिक सहयोग गर्दै आएको छ । मक्रान्चुलीमा फुटशल मैदान निर्माण भए पछि खेलकुदका गतिबिधि गर्न सहज भएको भानुमाबि विद्यालय ब्यबस्थापन समिति अध्यक्ष मानकुमारी पाख्रिनले बताउनु भयो ।