२२ चैत्र २०७८ –
मकवानपुर गढी २ मा रहेको सक्षम युवा संजालको आयोजना ग्रामीण महिला सेवा केन्द्रको समन्वय तथा मकवानपुरगढी वडा नं २ को आर्थिक सहयोगमा २ दिने बाल विवाह न्यूनीकरण सम्वन्धि अभिभावक अभिमुखीकरण कार्यक्रमक आज सम्पन्न भएको छ ।
संजालकी अध्यक्ष रुपा तिमल्सिनाको सभाध्यक्ष एबं मकवानपुरगढी गाउपालिका वडा नं २ का वडा अध्यक्ष बखान सिं पाख्रिनको बिशेष आथित्यता कार्यक्रम सम्पन्न भएको हो
कार्यक्रममा मकवानपुरगढी गाउपालिकाका महिला बालबालिका साखा प्रमुख मन्दिर थापा पालिकाका कानुन साखा प्रमुख रामशरण लामिछाने, बासपानी टोल विकाश संस्था एबं महाकाली दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेम चन्द्र तुम्सिंग अदुवा खर्क तल्लो छाप ताल्चे टोल विकाश संस्थाका संयोजक गुणराज तिमल्सिना, ग्रामीण महिला सेवा केन्द्रका SBCC सहजकर्ता सामाजिक परिचालिका पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्नुहुदै वडा अध्यक्ष पाख्रिनले २ नं वडाले बाल विवाह न्यूनीकरण तथा रोगथामका कार्यक्रमहरु गर्दै आइरहेको बताउदै अभिभावकले समेत आफ्ना नानी बाबुहरुलाई मोबाइल प्रयोग गर्न दिदा साबधानी अपनाउनु पर्ने किनकी मोबाइलको गलत प्रयोग्ल्र गर्दा बाल विवाह बढी भएकोले शैक्षिक समाज निर्माणमा आमा बुवाको बिशेष हात हुने बताउनुभयो गर्नु भयो ।
कार्यक्रमक संचालन गर्न वडा नं २ ले पचास हजार उपलब्ध गराएको थियो ।
यस दुई दिने कार्यक्रमको सहजीकरण सहजकर्ता झविन्द्र ज्ञावली र पालिका कानुनी सहजकर्ता रामशरण लामिछाने तेस्तै महिला तथा बालबालिका साखा प्रमुख मन्दिरा थापाले गर्नु भएको हो ।