मकवानपुरगढी ३ : वडा अध्यक्षका उम्मेदवार अर्जुन प्रसाद दहालको चुनाबी प्रतिबद्धता पत्र सार्बजनिक । समृद्ध र खुशी वडा बनाउन यस्तो छ योजना ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा मकवानपुरगढी गाँउपालिका वडानम्बर ३ मा गठबन्धको तर्फबाट वडा अध्यक्षका उम्मेदवार अर्जुन प्रसाद दहालले आगामी स्थानीय तहको नेतृत्व लिँदा गर्ने कामहरुको बारेमा प्रतिवद्धतापत्र सार्वजनिक गर्नु भएको छ । गढी ३ मक्रान्चुलीमा रहेको गठबन्धनको संयुक्त प्रचार प्रसार कार्यालयमा एक कार्यक्रमका बीच प्रतिवद्धतापत्र सार्वजनिक गर्नु भएको हो ।
समावेशी, समतामुलक, समृद्ध र खुशी वडा वडाबसीहरुको सशक्तिकरण हाम्रो प्रतिबद्धता भन्ने नाराको साथ सार्बजनिक गरिएको प्रतिबद्धता पत्रमा वडा बासिहरुको आर्थिक जिवन स्तरमा सुधार देखि ,स्वास्थ्य सेवा र सुविधाको प्रवर्धनलाई लक्षित कार्यक्रमको रुपमा राखिएको छ ।
यस्तै सम्पुर्ण बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच, युवा, महिला, एकल महिला, सिमान्तकृत वर्ग र अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणलाई जोड दिइएको छ ।
बालमैत्री, युवामैत्री, प्रौढमैत्री र अपाङ्ग मैत्री वातावरण, खेलकुदको विकास र खेलाडि उत्पादन,पर्यापर्यटनको प्रवर्धन,स्वच्छ खानेपानी, वातावरणिय स्वच्छता र सरसफाइको प्रवर्धन देखि विपद् जोखिम न्युनिकरण,दिगो भौतिक पुर्वाधार विकास,सूचना र आधुनिक सञ्चार सुविधाको प्रवर्धन, सुशासन,स्थानिय स्तरमा चलिआएका संस्कृति र परम्पराहरुको संरक्षण तथा संवर्धन को लक्ष्य राखिएको छ ।
मकवानपुरगढी गाउँपालीका वडा नम्बर ३ मा गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार अर्जुन प्रसाद दहालको प्रतिबद्धता पत्रमा निम्न योजनाहरु समेटिएको छ ।
 कृषि÷कृषि उत्पादन व्यवसाय प्रवद्र्धन र पर्यापर्यटन विकास योजना बनाई कार्यान्वयन गर्ने,
 स्थानिय स्तरमा उपलब्ध स्रोतसाधन र कच्चा पदार्थको प्रयोग गरि घरेलु तथा साना उद्योगको प्रवर्धन गर्ने,
 प्रत्यक वर्ष कम्तिमा १५ जना कमजोर आर्थिक अवस्था र स्थानिय सेवा र सुविधाको पहुँच बाहिर रहेका वर्गका युवा तथा महिलाहरुका लागि सिपमुलक तालिम र व्यवसाय प्रारम्भका लागि सहयोग गर्ने,
 धमिले, झल्ला, तल्लो कालिखोला र अन्य सिञ्चित क्षेत्रका प्रत्यक किसानको खेतमा सिचाई गर्न मिल्ने गरी नहर र सहायक कुलाहरुको निर्माण गर्ने,
 वडा भित्र कृषि सहकारीको व्यवस्थापनमा सञ्चालन हुने गरी १ ओटा कोल्ड स्टोर (शित भण्डारण) बनाउने,
 किसानहरुको उत्पादनमा समर्थन मूल्य कायम गरी मूल्य नपाएर उत्पादन खेर जाने स्थितिको अन्त्य गर्न निश्चित सिमा तोकेर त्यसभन्दा कम मुल्य भएमा वडालेनै खरिद गर्ने व्यवस्था मिलाउने,
 तरकारी संकलन केन्द्रको स्थापना गर्ने,
 वडाभित्रका किसानहरुलाई कृषि क्षेत्रमा सिँचाइ र सहजतापूर्वक मलबिउको समयमै उपलब्ध गराउने,
 सहकारी तथा सामुहिक खेतिको अवधारणालाई कार्यान्वयन गर्ने,्
 वडामा रहेका खेतियोग्य जमिन बाँझो नराख्न कृषिमा प्रोत्साहन कार्यक्रम ल्याउने,
 निम्न आर्थिक अवस्था भएका कृषकहरुको उत्थानका लागि किसान तथा कृषि फर्महरुको ग्रेडिङ् गरि किसान÷कृषक उत्थान अनुदान कार्यक्रम सञ्चालनमा ल्याउने,
 बैँक तथा वित्तिय संस्थासँग समन्वय गरी सहुलियत कृषी कर्जा उपलब्ध गराईनेछ,
 झल्ला कालिखोला, देविडाँडा टालेविकास र अन्य सम्भावित टोलविकासमा लिफ्टिङ् सिँचाइको व्यवस्था गरी फलफुल र बेमौसमी तरकारी उत्पादनमा जोड दिने,
 बाँदर तथा जङ्ली जनावरबाट बालि संरक्षण सम्बन्धी कार्यक्रम ल्याईनेछ,
 कार्यकालको पहिलो वर्षबाटै वडाका प्रत्यक परीवारको स्वास्थ्य बिमा निःशुल्क गरीनेछ,
 विद्यमान सामुदायिक स्वास्थ्य इकाईको सुविधा थप गर्नुका साथै आधुनिक उपकरण र दक्ष जनशक्ति सहितको स्वास्थ्य परिक्षण प्रयोगशाला स्थापना गर्ने,
 जनताको सहज स्वास्थ्य उपचारका लागि ६ महिनाको एकपटक प्रत्यक टोलमा घुम्ति स्वास्थ्य शिविर सञ्चालन गर्ने (महिलाका लागि अनिवार्य स्वास्थ्य परिक्षण) र सामुदायिक नर्सिङ् सेवा सञ्चालन गरी प्रत्यक घरघरमा गएर स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाउने र सबैलाई हेल्थकार्ड वितरण गर्ने,
 सुत्केरी महिलालाई वडाबाट अतिरीक्त ३ हजार बराबरको सुत्केरी खर्च उपलब्ध गराईनेछ,
 विद्यार्थिको अनुपातमा शैक्षिक अनुदान दिँदै पाँच वर्षभित्रमा वडाभित्र शिक्षालाई पुर्ण निशुल्क बनाउने,
 विद्यार्थिको आवतजावतका लागि निशुल्क यातायात सेवा दिने,
 पाँच वर्ष भित्र भानु मा.वि. लाई बृहत्तर विद्यालयको अवधारणा अनुसार विकास गरी प्राविधिक शिक्षालयको रुपमा विकास गर्ने र अन्य विद्यालयहरुको स्तरोन्नतिका लागि समेत पहल गर्ने,
 विद्यालयका पूर्वाधारहरु पुर्ण बालमैत्री, अपाङ्गमैत्री, लैङ्गीक मैत्री र भुकम्प प्रतिरोधी भएको सुनिश्चित गर्ने,
 ३ नम्वर वडाभित्र रहेका तिनओटै विद्यालयका बालविकास सहजकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रदान गरी सो अनुसार सहजिकरण भएको सुनिश्चित गर्ने र अङ्ग्रेजी माद्यमको शिक्षण सिकाइलाई प्रबद्र्धन गरीनेछ,
 उच्च शिक्षा अध्ययनका लागि ३ नम्वर वडाभित्र रहेका गरिब, जेहेन्दार र दलित गरी प्रत्यक वर्ष पाँच जना बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्ने (सामान्य र प्राविधिक दुवै तर्फ गरी),
 आठओटै टोलमा सामुदायिक पुस्तकालय स्थापना गरी त्यसको दिगो रुपमा व्यवस्थापन र सञ्चालन गर्ने,
 शिक्षक र वडाका कर्मचारीहरुबिच समानता कायम गर्न शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई कार्य सम्पादन मुल्याङ्कनका आधारमा अतिरीक्त सेवा सुविधा दिने व्यवस्था गर्ने,
 युवा, महिला, एकल महिला, सिमान्तकृत वर्ग र अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण गर्न लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने,
 वडाभित्र निर्माण हुने भवन तथा पुर्वाधारहरु बालमैत्री र अपाङ्गमैत्री बनाउने,
 प्रत्यक टोलमा बालमैत्री पार्क निर्माण गर्ने र वडामा बालमैत्री स्रोतकेन्द्र सञ्चालन गर्ने,
 आठओटै टोलहरुमा बालसमुह निर्माण तथा परिचालन गर्ने र बालबालिकाहरुको क्षमता र सिर्जनशिलता विकास हुने खालका कार्यक्रमहरु सञ्चालन गर्ने,
 वृद्धविश्राम निर्माण र व्यवस्थापन गर्ने,
 प्रत्यक वर्ष ‘वृद्धवृद्धाको कुरा सुनौँ ःवृद्धवृद्धाको सम्मान गरौँ’ अभियान सञ्चानल गर्ने,
 वडाभित्र उपयुक्त र पायक पर्ने स्थानमा थप एक खेलमैदान र कभर्डहल निर्माण गर्ने,
 खेल विकासका लागि निःशुल्क मार्शल आर्ट, फुटबल लगाएतका खेलहरुको प्रशिक्षण सञ्चालन गर्ने,
 हरेक वर्ष वडा कार्यालयकै आयोजनामा वडास्तरीय खेलकुद प्रतियोगिता गर्ने,
 पाँच वर्षभित्र दहालको बारी र सुसेली सामुदायिक बनमा पिकनिक स्पट र रातोमाटे डाँडोलाई क्ष्त् पार्कको रुपमा विकास गर्ने,
 खानेपानिको अभाव भएको वस्ति पहिचान गरी उक्त स्थानमा भएको पुराना कुवा, पानिको मुहानको संरक्षण र व्यवस्थापन गर्ने र आवश्यक्ताका आधारमा मात्रै लिफ्टीङ् गर्ने,
 प्रत्यक घरमा मिटर जडित खानेपानिका धारा निर्माण गर्ने र न्युनतममा ५० प्रतिशत सम्म खानेपानी निःशुल्क उपलब्ध गराउने
 वातावरणीय सरसफाई र खुल्ला दिशामुक्त अभियान सफल पार्न बढि भिडभाड हुने ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने,
 हरित सडक निर्माण अभियान सञ्चालन गरी सडकका छेउमा धुपी, अशोक, फुलका बिरुवाहरु रोप्ने (न्चभभल द्यभति क्ष्मभ) र फोहोरको व्यवस्थापनका लागि ठाउँठाउँमा डस्टबिन राख्ने,
 घर तथा उद्योगबाट निस्कने फोहोर व्यवस्थापनका लागि पालिकासँग समन्वय गरी ीबलम ँष्िि क्ष्मभ बनाउने,
 पाँचवर्ष भित्रमा सामरी खोलाको बाढी समस्या र बस्ति संरक्षणको दिगो व्यवस्थापनका लागि सामरी करिडोर निर्माण गर्ने र दायाँबायाँको जग्गालाई खेतियोग्य जमिनको रुपमा उपयोग गर्ने,
 सबैको ढुवानी तथा यातायातको सहजता र आवश्यक्ताका आधारमा वातावरणीय प्रभाव मुल्याङ्कन गरी सडक विस्तार, मापदण्ड अनुसार सडक स्तरोन्नती र सबै सडकहरुमा ढलको निर्माण गर्ने,
 विद्युत सेवालाई थप मजबुत बनाउन वडाभित्रका सबै ठाउँमा काठको पोल विस्थापित गरी फलामको पोल राख्ने,
 कार्यकालको दोस्रो वर्ष भित्रमा मक्राञ्चुली–चौघडा सडकलाई वर्षा समयमा समेत आवतजावत गर्न सकिने गरि स्तरोन्नती गर्ने र सडकको छेउ तथा उपयुक्त स्थानबाट पैदल मार्गको समेत निर्माण गर्ने र विश्रामका लागी यात्रु प्रतिक्षालय निर्माण गर्ने,
 सामरी पुलदेखी बरबोट, झल्ला देखी फुटसल, बेलिब्रिज देखी पालिका र सोल्टिमोड देखी पालिका सम्मको बाटो मापदण्ड बामेजिम स्ल्याब ढलान तथा स्तरोन्नती गरिनेछ,
 कार्यकालको तेस्रो वर्षमा मुल सडकहरुमा रातको समयमा पनि आवतजातलाई सहज र सुरक्षित बनाउन सोलार प्यानल सहितको बत्ति जडान गर्ने,
 सुचनाको पहुँच प्रवर्धन गर्न बढि भिडभाड हुने कम्तिमा ३ ठाउँमा सामुदायिक वाईफाई क्षेत्र बनाउने (विषम् परीस्थितिमा बालबालिकाको सिक्ने तथा अध्ययन गर्ने स्थानको रुपमा समेत यसलाई विकास गर्न सकिन्छ ।),
 सुचनाको हक र पारदर्शिताका लागि हरेक ३÷३ महिनामा वडा कार्यालयबाट भएका कामहरु र बजेटको विवरण सार्वजनिक स्थानमा सार्वजनिक गर्ने,
 वडा कार्यालयमा भएका कार्यक्रमहरु, योजनाहरु, महत्वपुर्ण सुचनाहरुको जानकारी मोबाइल एस एम एस को माद्यमबाट वडाका प्रत्यक घरधुरीमा पुग्ने व्यवस्था गर्ने,
 वडा कार्यालयमा सेवा लिन आउने हरेक सेवाग्राहीका लागि सेवाग्राहीमैत्री वातावरण निर्माण गर्ने र आत्म सम्मानका साथ सहज सेवा प्राप्त गर्न आवश्यक सहजिकरण समेत गर्ने व्यवस्था मिलाउने,
 वडामा रहेका पुराना मठ, मन्दिर, गुम्बा, चर्च अदिको संरक्षण र आवश्यक्ता अनुसार मर्मत सम्भार गर्ने,
 गाउँपालिकाद्धारा निर्माण गरिएको समाज सुधार ऐनलाइ वडाभित्र प्रभावकारी रुपमा कार्यान्वयन गर्ने,
 राजनैतिक आस्थाका आधारमा कोहिकसै माथि विभेद नगरी निष्पक्ष र समान रुपमा वडाबाट सेवा प्रवाह गरीनेछ भन्ने योजना प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

Flash News Slide राजनीति समाचार स्थानीय