मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले शुक्रबार पदभार ग्रहण गरेसँगै गाउँपालीकाको समृद्धिको यात्रा आफ्नो प्रमुख लक्ष्य हुने बताउनु भएको छ । पालिकाबासीसँग बोलेका र प्रतिवद्धता ब्यक्त गरेका कुरालाई सार्थक कार्यान्यवन गरिने बताउनु भएको छ ।
उहाले आफुहरु विजयी भएर आए पछि आफुहरु शासक नभई सेवक बनेर काम गर्ने बताउनु भयो । चुनाव एउटा प्राविधिक विषय भएको र अब सबैको साझा ब्यक्ती भई पक्षपात नगरी काम गर्ने बताउनु भयो ।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिनले आफुहरु नयाँ योजनाको साथ आएको भन्दै जनताको विश्वास र अपेक्षालाई ५ वर्ष भित्रमा पुरा गर्ने बताउनु भयो । अघिल्लो स्थानीय सरकारले विकासको काममा उत्साहजनक छाप छोड्न सफल भएको भन्दै आफुहरुले पनि उपेक्षा र पुर्वाग्रहको मनोभावना नराखी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका निवर्तमान अध्यक्ष विदुर हुमागाईले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई शुभकामना व्यक्त गर्नु भयो । उहाले पाँच बर्षिय कार्यकालमा गाउँपालिकामा विकास र समृद्धिको आधार तयार गर्न सघाउने सम्पुर्ण पक्षलाई धन्यवाद दिनु भएको छ ।
सोही अवसरमा गाउँपालिका निर्वतमान अध्यक्ष विदुर हुमागाई ,निवर्तमान वडाअध्यक्ष टिका प्रसाद दहाल, रामप्रसाद तिमल्सीना , जीत बहादुर घिमिरेलगायत वडा सदस्यहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।