मकवानपुरगढी गाउँपालिकाका नया जनप्रतिनिधिको पहिलो निर्णय बिपन्न,घाईतेलाई सहयोग र गाउँपालिका उपाध्यक्ष शैक्षिक कार्यक्रम लागु गर्ने ।

 

मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङ्तानले पदभार ग्रहण गर्दै बिपन्न र  घाईतेलाई सहयोग गर्ने  निर्णयमा हस्ताक्षर गर्नु भएको छ । अध्यक्ष लामाले नागरिक आबास कार्यक्रम अन्तरगत खरको छाना मुक्त गर्न छुटेका परिवारहरुमध्ये वडा नम्बर ५ का सुक लाल भ्लोनको परिवारलाई जस्तापाता  उपलब्ध गराउने र गढी १ का  भिमसेन थोकर लडेर खुट्टा भाँचिई उपचार गराईरहेका र उनको आर्थिक अबस्था नाजुक भएकाले आर्थिक सहयोग उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गर्नु भएको छ ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष  मानकुमारी पाख्रिनले  पदभार ग्रहण गर्दै  लक्षित समुदायका छात्राहरुलाई सहजिकरण गर्ने उद्धेश्यका साथ गाउँपालिका उपाध्यक्ष शैक्षिक कार्यक्रम लागु गर्ने  निर्णय  गर्नु भएको छ । उक्त कार्यक्रम अन्तरगत प्रत्येक वडाबाट लक्षित समुदायका १०-१० जना  गरी गाउँपालिका भरिका ८० जना छात्राहरुलाई बार्षिक ८ लाख  बजेट बिनियोजन गरि शिक्षामा खर्च  गरीने र उक्त कार्यक्रम  प्रभाबकारी कार्यान्वयन गरी  लागु गर्न गाउँ कार्यपालिका समक्ष पेश गर्ने प्रस्तावनामा हस्ताक्षर गर्नु भएको छ ।

Flash News Slide राजनीति समाचार स्थानीय