आगलागी र हावाहुरी पिडित १० जनालाई राहत दिने निर्णय

जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरले विभिन्न हावाहुरी तथा आगलागी भएकालाई राहत रकम दिने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा बुधबार बसेको बैठकले स्थानीय तहबाट आएको सिफारिश अनुरुप १० जना विपद् पिडितलाई १ लाख २५ हजार राहत रकम अनुमोदन गरेको हो ।
बैठकमा निकटमा आउँदै गरेको मनसुनलाई मध्यनजर गर्दै सम्बन्धित निकायहरु पूर्वतयारी तथा प्रतिकार्यको लागि आवश्यक तयारीबारे समेत निर्णय गरिएको छ ।
त्यसैगरी बेमौसमी वर्षाको कारण धानबालीमा क्षती पुगेका किसानहरुलाई रातह उपलब्ध गराउनको लागि गृह मन्त्रालय, आर्थिक प्रशासनबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई सात करोड अख्तियारी प्राप्त भएको प्रजिअ पाण्डेले बताएका छन् ।
कार्यक्रममा मकवामनपुरका स्थानीय तहका प्रमुख, राजनितिक दलका प्रमुख लगायतकाको सहभागिता रहेको थियो ।

Flash News Slide समाचार स्थानीय