२५ असोज २०७९ – मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता पाचौ सस्करणको सेमिफाइनल खेल यहि असोज २९ गते हुने भएको छ । असोज १५ गते देबिडाडा युबा क्लब र सौजन्य युबा क्लब बिचको खेलमा बिबाद भएर स्थगित गरिएको खेलको बिषयमा मंगलबार गाउपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान उपाध्यक्ष मानकुमारी पाख्रीन वडा अध्यक्ष लगायत दुबै टिमका सम्योजक तथा आयोजक बिच भएको छलफल बाट खेल शुरु गर्ने सहमती भएको हो । सौजन्य युबा क्लब र देबिडाडा युवा क्लब बिचको खेल बिबादका कारण रोकिएको समयबाट सन्चालन गरिने सहमती भएको आयोजकले जनाएको छ । खेल सकिन १२ मिनेट बाकी छदा गोलको विषयमा खेलमा बिबाद भएको थियो । खेल यहि असोज २९ गते शनिवार बिहान ८ बजे मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको भानु मिनि पिचमा हुने छ । फाइनल खेल पनि सोही दिन दिउसो २ बजे हुने आयोजक गढी स्ट्रार स्पोर्ट क्लबका सचिब बिदुर हुमगाइले जानकारी दिनु भएको छ ।