पशु स्वास्थ्य शिबिर संच्चालन

०४ मङ्सिर २०७९ – पुर्वी मकवानपुरको बागमती गाउपालिकाले ३ दिने निशुल्क पशु स्वास्थ्य शिविर सोहि वडाको ७ नम्बर कार्यालय बाट सुरु गरेको छ । बागमती गाउ पालिकाको आ.व ०७९/०८० को निति तथा कार्यक्रम अन्तर्गत बागमती गाउपलिका पशु पन्छी विकास साखाले कार्यक्रम आयोजना गरिएको सो साखाका प्रमुख राजेन्द्र गोलेले बताउनु भयो । शिविरको पहिलो दिन १२८ जना कृषकले शिविर बाट सेवा लिएका छन् भने गाई भैसी बाख्रा बंगुर आदि पशुहरुको परिक्षण गरिएको गोलेले बताउनु  भयो । शिविरमा ८ गोरु र १५ बोका बन्ध्याकरण गरिएको थियो भने १ गाईको कृतिम गर्भादान समेत गरिएको थियो भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राविधिक सहयोगमा संचालन भैरहेको कार्यक्रम संचालन गर्न पालिकाले १५०००० बजेट समेत बिनियोजन गरेको छ ।

शिविरमा वडा न ७ का अध्यक्ष एबं पालिका का आर्थिक विकाश सयोजक उत्तर बहादुर भोलन पशु प्राविधिकहरुको समेत उपस्थिति रहेको थियो ।

Flash News समाचार स्थानीय