९ पौष २०७९
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा रहेको सिर्जनशील समाज बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता र सहकारीका अध्यक्ष कृष्ण बहादुर बिडारीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको बिशेष आतिथ्यता रहेको थियो । साधारण सभामा संस्थाका अध्यक्ष कृष्ण बहादुर बिडारीले संस्थाको प्रगती प्रतिबेदन,सचिव शान्त प्रसाद दहालले सचिवको प्रतिबेदन, कोषाध्यक्ष माधव प्रसाद चौलागाईले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । सहकारी संस्थाले गत आर्थिक बर्ष २०७८ /७९ मा ४ करोड ९४ लाख ४५ हजार ७ सय ९ रुपैया बराबरको आर्थिक कारोबार गरेको छ । संस्थाले ३ करोड ९८ लाख ५९ हजार ऋण लगानी गरेको छ । सहकारी संस्थामा ७ सय ६५ शेयर सदस्य रहेका छन । कार्यक्रममा मकवानपुरगढी गाँउपालिका वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरे, वडा नम्बर ४ का अध्यक्ष अर्जुन प्रसाद तिमल्सीना, लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको अबसरमा सहकारीमा आबद्ध विभिन्न ब्यक्तिहरुलाइ सम्मान गरिएको थियो । साधारण सभाबाट नया कार्यसमिति पनि चयन गरेको छ । नया कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण भट्टराई , सचिवमा सर्कलाल लो , कोषाध्यक्षमा चुडा बहादुर बन्जारा,सदस्यहरुमा हरिशरण दहाल, कृष्ण कँडेल,भवानी सापकोटा ,शर्मिला अर्याल, जानकी माया हमाल, लेखा समिति संयोजकमा अर्जुन प्रसाद सापकोटा सदस्यहरुमा माधव प्रसाद चौलागाइ र सुनिल पाख्रिन चयन हुनु भएको छ । अध्यक्षमा भने सहमति जुट्न बाकी रहेको निबर्तमान कार्यसमिति सदस्य भोलानाथ दहालले जानकारी दिनु भयो ।