१० भदौ २०७८, मकवानपुरगढी गा.पा वडा नम्बर २ मा रहेको सक्षम युवा संजालले शिखरकटेरी को श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाको प्रांगणमा माक्स वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सन्जालकी अध्यक्ष रुपा तिमल्सिनाको सभाध्यक्षातामा भएको सो कार्यक्रममा मकवानपुरगढी गा.पा वडा नम्बर २ का वडा अध्यक्ष बखान सिं पाख्रिन प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष हरि हुमागाईं चण्डिका मा.बि विद्यालय व्यस्थापन समिती अध्यक्ष राजकुमार गोले ग्रामीण महिला सेवा केन्द्र का सामाजिक ब्यबहार संचार सहजकर्ता अमिर दहाल सामाजिक परिचालिका शारदा चौलागाईं लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्लुहुदै वडा अध्यक्ष पाख्रिनले युवाले जनचेतनामूलक माक्स वितरण कार्यक्रम गर्न सहयोगको लागी अनुरोध गरेकोले आफु लगायत ग्रामीण महिला सेवा केन्द्रले माक्स उपलब्ध गराएको बताउदै आगामी दिनहरुमा पनि युवाहरु सक्रिय हुनुपर्ने बताउनु भयो । त्यस्तै संजालकी अध्यक्ष रुपा तिमल्सिनाले कोरोना संक्रमण बढीरहेपनि मास्क नलगाई हिडडुल गर्ने धेरै भएकोले मास्क लगाउनु पर्छ भन्ने सन्देश दिन यस कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
आज करिब ६० जानालाई माक्स वितरण गरिएको र बाँकी माक्सहरु अन्य भिडभाड हुने स्थानमा वितरण गरिने संजालकी अध्यक्ष तिमल्सिनाले बताउनु भयो ।