प्रेस सेन्टरको हेटौंडा अध्यक्षमा सिन्तान

 

 प्रेस सेन्टर मकवानपुर अन्तर्गत हेटौंडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा दुदुमाया सिन्तान चयन हुनुभएको छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित दामनमा सम्पन्न सेन्टरको उपमहानगर भेलाले सिन्तानको अध्यक्षतामा ९ सदस्यीय उपमहानगरपालिका कमिटी गठन गरेको हो ।

समितिको उपाध्यक्षमा राजेश थापा (गरिब), सचिवमा उज्ज्वल सापकोटा र कोषाध्यक्षमा सुजिता पुडासैनी चयन भएका छन् । समितिको सदस्यहरुमा रोशन खड्का, अनुजा दानी लगायत रहेका छन् । नवनिर्वाचित कमिटिलाई शुभकामना दिँदै कार्यक्रमका अतिथिहरुले सत्यतथ्य खोजेर लेख्न सुझाव दिए । निष्पक्ष रुपमा कलम चलाउन आग्रह गर्दै वक्ताहरुले परिवर्तनको पक्षमा रहेका पत्रकारहरुले देश र जनताको हितमा आफ्ना विचार र समाचारहरुले प्रस्तुत गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, महासंघका बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य विष्णु बिष्ट ‘आदर्श’, माओबादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन, पार्टीका थाहा नगर अध्यक्ष अरुण रायमाझी, ३ नम्बर वडाध्यक्ष राजेश केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *