ग्रामिण महिला सेवा केन्द्रद्धारा गढी,मनहरी र हेटौडामा सञ्चालित कार्यक्रमको संयुक्त अनुगमन सम्पन्न ।

जेठ २६ मक्रान्चुली – ग्रामिण महिला सेवा केन्द्रको आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संचालित परिबर्तनका सम्बाहक coc कक्षाको हेटौडा १९ नेवारपानिमा अनुगमन कार्यक्रम बिहिबार सम्पन्न भएको छ । यौन हिंशा बाल बिबाह संग सम्बधित coc कक्षाको सहजिकरण अमृता बिष्टले गर्नु भएको थियो । यस अनुगमन कार्यक्रममा हेटौडा उपमहानगर पालिका वडा नम्बर १९ का वडा अध्यक्ष नरनाथ सुबेदी नवराज, प्लान ईन्टरनेशनल नेपालकी बरिष्ठ प्राबिधिक सल्लाहकार रक्षा पौडेल , ग्रामिण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्की, कार्यक्रम संयोजक दिपक न्यौपाने अरनिको मा बि का सहायक प्रधानअध्यापक राजु घले संचारकर्मी सुरेश श्रेष्ठ, राजन अनुराग, सामाजिक व्यवहार संचार सहजकर्ता अमिर दहाल ,सामाजिक परिचालिका लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीले १६ देखि २४ वर्ष उमेर समूहका बालबालिका लाई सिकाईमा असहजता देखिएकाले यस तर्फ वडा संग समन्वय गरि कार्यक्रमलाई अझै प्रभाबकरिता बनाउनु पर्नेमा जोड दिनु भएको थियो । यसै बिच उक्त टोलीले मनहरी गाउपालिका वडा न ३ स्थित महेन्द्र ज्योति माध्यमिक बिद्यालयमा घरेलु तथा यौन हिंशा सम्बधित जनचेतना मुलक नाटकको अवलोकन  गरेको छ ।

  बाल कलाकार द्वारा प्रस्तुत नाटकले समाज परिबर्तनमा टेवा पुर्याउने विश्वास सोहि वडाका वडा अध्यक्ष अनन्त अर्यालले राख्नु भएको थियो । साथै नेतृत्व बिकाश र बालबालिकाको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्ता समेत अध्यक्ष अर्यालले व्यक्त गर्नु भएको छ नाटकको अवलोकन सोही विद्यालयका प्रधानअध्यापक गोकुल प्रसाद शर्माले पनि गर्नुभएको थियो भने यता मकवानपुरगढी वडा न ५ मा एक दिने कपडाबाट निर्माण गरि पुन प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड उत्पादन तालिम समापन भएको छ । सो तालिममा १३ जना स्थानीय बालिका तथा महिलाहरुले सहभागिता जनाउनु भएको थियो ।

ग्रामिण महिला सेवा केन्द्रको आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संचालित तालिममा प्लान ईन्टरनेशनल नेपालकी बरिष्ठ प्राबिधिक सल्लाहकार रक्षा पौडेल , ग्रामिण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्की, कार्यक्रम संयोजक दिपक न्यौपाने गैर सरकारी महासंग उपाध्यक्ष रमिला सापकोटा संचारकर्मी सुरेश श्रेष्ठ, राजन अनुराग, सामाजिक व्यवहार संचार सहजकर्ता अमिर दहाल , ग्रामिणकी सुपरभाईजर रोजिता दंगाल ,सामाजिक परिचालिका लगायतको सहभागिता रहेको थियो ।

Flash News Slide समाचार स्थानीय