युवाहरुका लागी बिपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी संम्बन्धी बिपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी संम्बन्धी अभिमुखीकरण कार्यक्रम

२०७८ भदौ ३१ – ग्रामीण महिला सेवा केन्द्र तथा प्लान इन्टरनेशनल को संयुक्त साझेदारीमा सञ्चालित नेतृत्व र निर्णय कार्यक्रम अन्तर्गत राष्ट्रिय बाल दिवशको अवसर पारेर coc युवा संजालको सदस्यहरुलाई  २ दिने क्षमता अभिवृद्धि   कार्यक्रम सम्पन्न भएको छ ।

अब युवाहरुले बिपद् जोखिम न्यूनीकरणमा आफैले पूर्वतयारी गरि बिपद् बाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सक्ने क्षमता को बिकाश गर्न कार्यक्रम आयोजना गरिएको आयोजक संस्था ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपानेले बताउनुभयो ।

सो कार्यक्रमम सहभागीहरुलाई आगोलागी भैहालेमा त्यसलाई कसरी निभाउन सकिन्छ  तथा आगोले पोलेमा कसरी प्राथमिक उपचार गर्ने  भन्ने बारे कृतिम घटना सिर्जना गरि सिकाईएको थियो ।

कार्यक्रम मा मनहरी गाउपालिका, मकवानपुरगढी गाउपालिका र हेटौडा उपमहानगरपालिकाका कुल १७ जना सहभागीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण बिपद् जोखिम न्यूनीकरण विषयका श्रोत व्यक्ति विजय सिंह ठकुरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin