१९ कार्तिक २०७९ – लैङ्गिक समानताको लागि अन्तरपुस्ता संबाद कार्यक्रम शनिबार हेटौडामा सम्पन्न भएको छ । ग्रामिण महिला सेवा केन्द्र हेटौडाको आयोजना एबं प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली, हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष सुनिल मोक्तान, वडा नम्बर ३ की वडा सदस्य देवकी बिश्वकर्मा, ग्रामिण महिला सेवा केन्द्रकी अध्यक्ष सुलोचना स्याङ्तान, नेपाल पत्रकार महासंघ मकवानपुरका सह–सचिव एम पि शर्मा,ग्रामिण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपाने, सिओसी ब्यबस्थापन समिति सदस्य पार्बती मैनाली, ग्रामिणका संचार सहजकर्ता अमिर दहाल, सामजिक परिचालक शारदा चौलागाई लगायतको उपस्थितिमा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका ,मनहरी गाउँपालिका र हेटौडा उपमहा नगरपालिकाका सिओसी कक्षाका सहभागि १० जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो । लैङ्गिक असमानता, समाजमा बिद्ममान हानिकारक अभ्यास कसरी पुस्तानतरण हुदै आईरहेका छन र त्यस्ता क्रियाकलापहरुको अन्त्य गर्नका लागि फरकपुस्ताहरुबिच अन्तरक्रिया गराउने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको ग्रामिणका संचार सहजकर्ता अमिर दहालले बताउनु भयो ।
अन्तरक्रियामा भागलिनु हुदै मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन नेपालीले लैङ्गिक असमानता, समाजमा बिद्ममान हानिकारक अभ्यासलाई अन्त्य गर्न अभिभाबक शिक्षामा जोड दिनुका साथै सिओसी कक्षा प्रभाकारी रहेको बताउदै कक्षा निरन्तरताको लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो। हेटौडा १५ का वडा अध्यक्ष सुनिल मोक्तानले अब हरेक किशोर किशोरीहरुले बालबिबाह नगर्नका लागि स्वप्रतिबद्ध हुनु पर्नेमा जोड दिनु भयो । त्यस्तै नेपाल पत्रकार महासंघ मकवानपुरका सह सचिव एम पि शर्माले लैङ्गिक असमानता, समाजमा बिद्ममान हानिकारक अभ्यासलाई अन्त्य गर्न संचार माध्यामाले खोजमुलक पत्रकारितामा जोडदिने बताउनु भयो । ग्रामिण महिला सेवा केन्द्रकी अध्यक्ष सुलोचना स्याङ्तानले सिओसी कक्षालाई निरन्तरता दिन पालिका संग बजेट बिनियोजन गर्न अनुरोध गर्नु भयो ।
राष्ट्रिय बाल संरक्षण संजालका केन्द्रीय अध्यक्ष प्रकाश खतिवडाले लैङ्गिक असमानता र समाजमा बिद्ममान हानिकारक अभ्यास न्यूनिकरण गर्न पालिका तथा वडाहरुले बिशेष ध्यान दिदै बालमैत्री गाउँपालिका घोषणा भएका र हुने चरणमा रहेका पालिकाहरुले बालमैत्री स्थाईत्वको लागि रणनिति तयार गर्न जोड दिनु भयो । कार्यक्रमको सहजिकरण राष्ट्रिय बाल संरक्षण संजालका केन्द्रीय अध्यक्ष प्रकाश खतिवडाले गर्नु भएको थियो ।