हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडा-१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगढ नगरपालिका-१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा सवार हेटौंडा-१६ पानीस्वारा बस्ने ५६ वर्षीय जित बहादुर थिङ रहेका छन् ।

आइतबार दिउँसो पानीस्वारामा ट्याक्टर ब्याक गर्ने क्रममा मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर आफै ‍अनियन्त्रित भएर पानीस्वारा भीरबाट खसेर दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्याक्टर भीरबाट करिब ३०० मिटर तल खसेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *