मकवानपुर क्याम्पसमा रक्तदान कार्यक्रम

हेटौंडाका विभिन्न अस्पतालहरुमा रगत अभाव भइरहेका बेला युवा रेडक्रस सर्कल मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाद्वारा संचालित रक्तसञ्चार केन्द्र हेटौंडाले रक्तदान गर्नका लागि अनुरोध गरे लगत्तै सर्कलले बिहीवार कार्यक्रमको आयोजना गरेको हो ।
सर्कलका अध्यक्ष संतोषी पुडासैनीको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति सुर्यचन्द्र न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा सभापति शिबहरि दाहाल, रक्तसञ्चार केन्द्रका प्रमुख टंक दाहाल, शिक्षक नायक उदय अधिकारी लगएतकले मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा मकवानपुर क्याम्पस र अन्य क्याम्पसका गरि २२ जनाले रक्तदान गरेको सर्कलका अध्यक्ष पुडासैनीले बताइन । उनले मनबिय हित र बिपतका बेलामा रेडक्रस सधै जनताको साथमा रहेको समेत बताइन ।

समाचार