निरन्तर अभियानमा सक्षमका युवाहरु

मास्क वितरण गर्नुहुदै कार्यक्रमका प्रमुख अथिति एबं मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडा सदस्य राम प्रसाद पुडासैनी

१३ भदौ २०७८ मकवानपुरगढी २ मा रहेको सक्षम युवा समुहका युवाहरु निरन्तर मास्क वितरण अभियान संचालन गरिरहेका छन् सोहि क्रममा आज पनि मकवानपुरगढी २ बाँसपानीमा अवस्थित महाकाली दुग्ध उत्पादक सहकारी संंस्थाको हलमा एक कार्यक्रम गर्दै उक्त संस्थामा दुध बिक्रि गर्ने कृषकलाई मास्क वितरण गरेका हुन् ।

आयोजक सक्षम युवा संजालकी अध्यक्ष रुपा तिमिल्सिना को सभाध्यक्षतामा भएको कार्यक्रमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडा सदस्य राम प्रसाद पुडासैनी को प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा महाकाली दुग्ध उत्पादक सहकारी संंस्थाका अध्यक्ष प्रेमचन्द्र तुम्सिंग मगर सचिब राजकुमार खड्का ग्रामीण महिला सेवा केन्द्रका SBCC सहजकर्ता लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्नुहुदै प्रमुख अथिति पुडासैनीले बिगतमा पनि डेरीले मास्क वितरण गरेको भएपनि नियमित मास्क प्रयोगकर्ता न्यून रहेपनि अब भने सबैले कोरोना बटन मास्क प्रयोगमा जोड दिनुपर्ने बताउदै आयोजक युवा संजाल लाई थप मास्क आवश्यक भएमा वडाबाट उपलब्ध गराउने बताउनुभयो ।

मकवानपुरगढी २ वडा कार्यालय र ग्रामीण महिला सेवा केन्द्र बाट मास्क सहयोग लिई संचालन गरिरहेको अभियान आगामी दिनमा टोल टोलमा गरिने आयोजक सक्षम युवा संजालकी अध्यक्ष रुपा तिमिल्सिनाले बताउनु भयो ।

Uncategorized समाचार स्थानीय