नेकपा माओबादी केन्द्र मकवानपुरगढी गाउँपालीका सम्मेलन मंसिर १३ गते हुने ।

नेकपा माओबादी मकवानपुरगढी गाउपालीका सम्मेलन यहि मंसिर १३ गते हुने भएको छ । माओबादी केन्द्र मकवानपुरगढी गाउँपालीका अध्यक्ष राजकुमार खड्काको अध्यक्षतामा बसेको गाउँ कमिटिको बिस्तारित बैठकले सम्मेलन आयोजना गर्न तयारी तीब्र पारेको छ । बैठकले सम्मेलन आयोजना गर्न बिभिन्न उपसमिति पनि बनाएको छ ।

बैठकले अर्थिक समिति, अतिथि सत्कार समिति, प्रचारप्रसार समिति र मञ्च ब्यबस्थापन समिति निर्माण गरेको अध्यक्ष राज कुमार खड्काले जानकारी दिनु भयो । साथै मंसिर ११ गते गर्ने भनेको वाई सी एल मकवनपुरगढी गाउपालीका सम्मेलन मंसिर १३ गते गर्ने निर्णय भएको छ ।

बैठकमा नेकपा माओबादी केन्द्र बागमति प्रदेश सदस्य भिम पाख्रिन, जिल्ला समन्वय सचिवालय सदस्य तथा मकवानपुरगढी ईन्चार्ज मानकुमारी पाख्रिन, जिल्ला सदस्य चन्द्र योन्जन लगायतको आतिथ्यता रहेको थियो ।

Flash News राजनीति समाचार स्थानीय