एमसीसी खारेजीको माग गर्दै हेटौंडामा प्रदर्शन

एम सि सि को बिरोधमा नेपाल कम्युनिस्ट पार्टी लगायत ६ राजनीतिक दल र २ वटा मोर्चाको समयुक्त आह्वान मा आज हेटौंडामा बिरोध प्रदर्शन सहित कोण सभा भएको छ । बिरोध प्रदर्शन र्यालीबुद्ध चोक , उद्योग बाणिज्य संघ , लोकप्रिय चोक , मानस चोक , कान्ति राज पथ स्कुल रोड हुदै सिमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियोे । कोण सभालाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज नयन ,नेकपा ( मसाल ) का जिल्ला प्रबक्ता रामहरि धिताल, नेकपा ( क्रान्तिकारी माओवादी ) का जिल्ला इन्चार्ज सागर , नेकपा मालेका जिल्ला उपसचिव हरिकृष्ण अधिकारी , एमसिसी विरुद्धको संयुक्त संघर्ष समितिको तर्फबाट ऋषि राम पोख्रेलले सम्बोधन गर्नु भएको थियो । शेरबहादुर देउवाको सरकारले संसदमा पेश गर्न खोजेको एमसिसी नेपाल राष्ट्र र जनताको हितमा नभएकोले तुरुन्तै खारेज गर्न माग गर्नुभएको थियो । यदी अहिलेको सरकार र संसदले नेपाली स्वाभीमानी जनताको चौतर्फी बिरोधलाई बेवास्ता गरि राष्ट्रघाती एमसिसीलाई जबर्जस्त पास गरिए राष्ट्रघाती दलालहरुको विरुद्ध आधीबेहरी सृजना गरिने नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज नयनले बताउनु भयो ।

Flash News Slide राजनीति समाचार