लदी पर्वलाई राष्ट्रिय पर्वमा सूचिकृत गर्न बाग्मती प्रदेश सरकारलाई ध्यानकर्षण

बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालले ध्यानाकर्षण गराएको छ ।
नेपाल बहुभाषिक, बधार्मिक र बहुजातीय, बह सांसकृतिक विविधताले भरिएको मुलुक भएका कारण माझी जातीहरुको मध्यनजर गर्दै लदी पर्वलाई राष्ट्रिय पर्वमा सूचिकृत तथा आर्थिक सहयोग गर्नुपर्ने मुक्तिमोर्चाको माघ छ ।
अन्य जाती जस्तै माझी जाती पनि देशैभर छरिएर रहेको अवगत गराउदै हिन्दु वर्ण व्यवस्थाभित्र नपरेका किरात, गुरुंग, मगर, लिम्बु थारु जस्तै माझी जाती पनि अष्टद्रविड मुलभित्र पर्ने एक अति सिमान्तकृत आदिवासी जनजाती भएको बागमती प्रदेश सभासदस्य तथा नेकपा माओबादी केन्द्र प्रमुख सचिव बुद्धिमान माझीले बताउनु भयो ।
बागमति प्रदेश अन्तरगतका जिल्लाहरुका माझी जातीको बसोबास भएको र आदिवासी जनजाती जस्तै माझी जातीको पनि छुटै भाषा, लिपी, संस्कृति र पहिचान भएसंगै मेचि देखि महाकालीसम्मका क्षेत्रहरुमा बसोवास गरिरहेका माझी जातीलाई समेटेर सरकारी बिदाको व्यवस्थाको माघ लगायतमा ध्यानाकर्षण गराईएको माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालको केन्द्रिय सदस्य लक्ष्मी  माझी “कृपा”ले बताउनु भयो ।
माझी जातिको विषयमा सरकारको ध्यान नपुगेको र अघिल्लो समय पनि यस विषयमा ध्यान केन्द्रित नभइरहद भाषा, धर्म र संस्कृतिले हालसम्म कुनै स्थान र मान्यता पाउन नसकेका कारण लदी पर्वलाई राष्ट्रिय पर्वमा सूचिकृत गर्न मुख्य मन्त्रिलाई माघसिहतको पत्र बुभाईएको माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालको केन्द्रिय महासािव उर्मिला माझीले बताउनु भयो।
देश अहिले संघियतामा गएको अवस्थामा माझी जातीको माघलाई सम्बोधन गर्ने मुख्य मन्त्रिबाट धाराण आएको र यसमा बागमती प्रदेश सरकारले सम्बोधलाई लागु गर्ने विश्वास रहेको बताउनु भयो।
मुख्यमन्त्रि पाण्डेले ध्यानकर्षण पत्र बुझ्दै हरेकले सरकारी बिदाका विषय नै लिएर आउने क्रम रहेको र बिदानै सम्बोधन गर्ने हो भने १२५ जातजाति रहेको ठाउमा बिदाको सम्बोधन कहिले  गर्ने ?संगै शनिबार लगायतले बिदानै बिदाले झनै समाजमा असर पर्ने अवस्था रहेको बताउनु भयो ।
बिदामा भन्दा अन्यकुरामा भने के कती काम गर्न सकिन्छ प्रदेश सरकारको तर्फकाट पहल गर्ने विश्वास दिलाउदै शिक्षा आवाश्यक र महत्वपुर्ण भएको यसमा ध्यान दिनु पर्ने बताउनु भयो।

Flash News Slide Uncategorized समाचार स्थानीय