२ नं वडामा सामाजिक सुरक्षा भत्ता संगै न्यानो कपडा वितरण सुरु

०५ फागुन २०७८ -आएको सामाजिक सुरक्षा भत्ता वापतको आर्थिक वर्ष ०७८/०७९ को दोस्रो किस्ताको बापतको रकम संगै ७० वर्ष माथि उमेरका ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण कार्यक्रम आजबाट थालेको छ २ नम्बर वडाका अध्यक्ष बखान सिंह पाख्रिनले एक कार्यक्रम बीच भत्ता र न्यानो कपडा सोहि वडाकी सबैभन्दा जेष्ठ १०२ बर्षिया मानकुमारी कामि विश्वकर्मालाई प्रदान गर्दै वितरण गर्नुभएको हो । मकवानपुरगढी २ मा ७० वर्ष माथिका १ सय ९७ जनालाई भत्ता सहित न्यानो कपडा वितरण गरिने वडाअध्यक्ष पाख्रिनले बताउनु हुँदै उहाले जेष्ठ नागरिकको योगदानको कदर गर्दै सम्मान गरिएको र हरेक वर्ष यस प्रकारको कार्यक्रम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो कार्यक्रममा वडा अध्यक्ष पाख्रिन सहित वडा सदस्यहरु र वडा सचिव सुमित्रा पाण्डे तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो कार्यक्रम गढी २ का वडाअध्यक्ष बखानसिंह पाख्रिनको अध्यक्षतामा भएको हो ।

तेस्तै वडाको योजना अनुसार आगामी ७ गते गढी भञ्याङ्, बर भञ्याङ्, धरमपानी, बाँध बाँसपानी क्षेत्रमा भत्ता साथै न्यानो कपडा वितरण रहेको छ ।

समाचार स्थानीय