गरिबी निवारण गर्न सहकारी नै मुल आधार: अध्यक्ष स्याङ्तान , हिमाल महिला सहकारीको बार्षिक उत्सवमा क्यान्सर पिडित देखि बिपन्न छात्र छात्रालाई सहयोग ।

जेठ २७ मक्रान्चुली । मकवानपुरगढी गाँउपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले सहकारी संस्थाहरुलाई ब्यबस्थित गर्न आगामि आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रममा बिशेष योजना समेटेर जाने बताउनु भएको छ ।

मकवानपुरगढी ३ मा रहेको हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्थाको २४ औ बार्षिक उत्सव कार्यक्रमको अबसरमा बोल्दै उहाँले सहकारीमा रहेको पुजीलाई रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी गरेर अगाडी बड्नु पर्ने बताउनु भयो । गरिबी निबारण गर्न सहकारी नै मुल आधार रहेको बताउनु हुदै अध्यक्ष स्याङ्तानले रोजगारी प्रबर्दन गर्न सहकारीलाई सक्रिय बनाउदै लैजानु पर्नेमा जोड दिनु भयो ।

संस्थाका अध्यक्ष जानकी दहालको सभाध्यक्षता भएको कार्यक्रममा गाउँपालिकाका नब निर्बाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । साथै क्यान्सर पिडितलाई आर्थिक सहयोग र बिपन्न छात्र छात्रालाई स्कुल ब्याग तथा स्टेशनरी सामान पनि सहयोग गरिएको छ । संस्थाले मकवानपुरगढी ३ की क्यान्सर पिडित रुपमैना चौरेललाई नगद रु ५ हजार आर्थिक सहयोग प्रदान गर्नुका साथै बिपन्न तथा अभिभाबक गुमाएका मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ की अनिता थोकर , वडा नम्बर २ की मनिसा घलान, वडा नम्बर ३ की गोमा लक्ष्मी लुङवा , वडा नम्बर ५ की प्रकृती सुबेदी, वडा नम्बर ६ का सुसन स्याङतान, वडा नम्बर ७ का पबन वाईबा , वडा नम्बर ८ का रोज घलान, वडा नम्बर ९ का रन्जना थिङलाई स्कुल ब्याग तथा स्टेशनरी सामान सहयोग गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष जानकी दहालले सहकारीले गर्दै आएका कार्य र भाबि योजनाको बारेमा जानकारी गराउनु भएको थियो । मकपानपुरगढी कै पहिलो सहकारी संस्था हिमाल महिला बहुउद्धेश्यीय सहकारी सस्थामा हाल कुल १२ सय ८७ शेयर सदस्य रहेका छन । संस्थाको शेयर पूँजी २६ लाख २७ हजार ५सय , बचत रु ३ करोड १० लाख ५८ हजार ८ सय ९९ रहेको छ । संस्थाको  कुल कारोबार ४ करोड ६१ लाख २६ हजार २ सय ६५ रुपैया रहेको संथाकी अध्यक्ष  दहालले जानकारी दिनु भयो । सहकारीले पाठा पाठी साटासाट कार्यक्रम , बेसार खेती , युरिया र डि ए पी मल खरीद बिक्री लगायत बिभिन्न सामाजिक कार्यहरुपनि गर्दै आएको छ ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष भागबत घिमिरे, वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सीना , वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण प्रसाद बजगाँई, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाल, मकवानपुर गढी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा संस्थाका संस्थापक अध्यक्ष सोबिता पोखरेल लगायत संथाका पदाधिकारी कर्मचारी ,शेयर सदस्य लगायतकाको उपस्थिति रहेको थियो ।कार्यक्रममा संस्थाकी उपाध्यक्ष शारदा दहालले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने ब्यबस्थापक शुभद्रा तिमल्सीनाले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

Flash News Uncategorized समाचार स्थानीय