युवा परिचालन कमिटि गठन ।

योङ कम्युनिष्ट लिग नेपाल (YCL )मकवानपुरको विस्तारित बैठक द्वारा लबराज ठकुरीको संयोजकत्वमा १००१ ( एक हजार एक ) निर्वाचन परिचालन कमिटी गठन । परिचालन कमिटीका सदस्यमा ८ पालिका १ नगरपालिका १ उपमहानगरपालिकाका पूर्ण कमिटी सदस्यहरु र संघिय क्षेत्र र प्रदेश क्षेत्रका सदस्यहरु रहने । १५ गते दशै पालिकाको बैठक बस्ने र पालिकाका वडा स्तरिय निर्वाचन परिचालन, प्रचार प्रसार, र उमेदवार सुरक्षार्थ कमिटि निर्माण गर्ने । संघिय निर्वाचन क्षेत्र र प्रादेशिक निर्वाचन क्षेत्रको जिम्मेवारी भने यस अघिको बैठकले तोके बमोजिम यथावत राखियो । निर्वाचन बूथमा एक बुथ एकाउन्न युथको दरले बुथ सुरक्षाका लागी युबा परिचालन गरीने । बैठकको प्रमुख अतिथि प्रदेश कमिटि सदस्य भिम पाख्रीन, अतिथीहरुमा YCL केन्द्रीय सचिव सुमन पाख्रीन YCL केन्द्रीय सदस्य राजकुमार मोत्तान,जिल्ला समन्वय समिति सदस्य कमल अर्याल YCL केन्द्रीय बिभाग सदस्य सुनिल बैलकोटी, सरोज पाख्रीन लगायतको उपस्थिति । बैठकको अध्यक्षता YCL जिल्ला अध्यक्ष लबराज ठकुरी ।

Flash News Slide Uncategorized राजनीति समाचार स्थानीय