८ वैशाख २०८० – स्टेट अफ ग्वेर्नसे ओभर्सिज एड र चाईल्ड रेस्क्यु नेपालको सहयोगमा इस्थर बेन्जामिन स्मृति संस्था हेटौडाको आयोजनामा बकैया तथा मनहरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका २० जना शिक्षक शिक्षिकाहरुलाई ३ दिने विद्यालय सरसफाई सम्बन्धि तालिम सम्पन्न सम्पन्न भएको छ ।
विद्यालयका बाल बालबालिकामा सरसफाई सम्बन्धि बानी ब्यबहारमा परिवर्तन गर्नको लागि तथा तालिममा सहभागी शिक्षक शिक्षिकाहरुलाई रोल मोडलका रुपमा स्थापित गर्न यो तालिमको आयोजना गरिएको आयोजक संस्था इस्थर बेन्जामिनका जिल्ला कार्यक्रम व्यवस्थापक बुद्धबीर लामाले बताउनुभयो ।
बुधबार बाट सुरु भएको तालिममा सहभागीहरुलाई विद्यालयमा हुने खानेपानी, शौचालय महिनावारी भएको समयमा महिनावारी ब्यबस्थापन तथा विद्यालय बाताबरण कसरी सरसफाइ गर्न सकिन्छ भन्ने जस्ता बिषयबसुमा बृहत छलफल एबम अभ्यास गरिदै सहजीकरण गराई थियो ।
तालिमाका सहभागीहरुले आफुले सिकेका ज्ञान सिप सिकाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।