रेडक्रसको मकवानपुरगढी उपशाखा सभापतिमा पोखरेल

२९ बैषाख २०८०
नेपाल रेडक्रस सोसाइटी मकवानपुरगढी उपशाखाको सभापतिमा कृष्ण प्रसाद पोखरेल निर्वाचित हुनुभएको छ । शुक्रबार भएको साधारणसभाबाट कृष्ण प्रसाद पोखरेलको नेतृत्वमा ११ सदस्यीय  नयाँ कार्य समिति चयन गरिएको छ । सभापति र उपसभापतिमा निर्बाचन भए पनि अन्य पदमा भने सर्बसम्मत भएको छ ।
सभापतिमा कृष्ण प्रसाद पोखरेल र निबर्तमान सभापति कृष्ण प्रसाद कँडेल बिच भएको प्रतिसपर्धामा कँडेललाई २ मतले पछि पार्दै पोखरेल बिजयी हुनु भएको हो ।
१७८ सदस्य नेपाल रेडक्रस सोसाइटी मकवानपुरगढी उपशाखामा नया नेतृत्व चयनको लागि भएको मतदानमा ८५ मत खसेको थियो । जसमा पोखरेलले ४३ मत र कँडेलले ४१ मत प्राप्त गर्नु भएको थियो । १ मत भने बदर भएको निर्बाचन कमिटिले जनाएको छ ।
उपसभापतिमा रन्जना गिरी बिजयी हुनु भएको छ । उहाले ५३ मत प्राप्त गर्दा उहाको प्रतिसपर्धी शर्मिला अर्यालले ३१ मत प्राप्त गर्नु भयो ।
साधारणसभाबाट सचिवमा शत्रुघन दुलाल,कोषाध्यक्षमा राम प्रसाद चौरेल ,उपसचिव गंगाराज लामा,उपकोषाध्यक्षमा यज्ञस्वर चौरेल सर्ब सम्मत निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा केदार प्रसाद तिमल्सीना, बिष्णु प्रसाद न्यौपाने, उमेश अधिकारी, डोल प्रसाद भट्ट, महिला सदस्य मनमाया लो चयन हुनु भएको छ ।
रेडक्रस मकवानपुरका सभापति लाल बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपसभापति खेमराज सापकोटा, मन्त्री सुमित्रा काफ्ले, निर्बाचन अधिकारी ईश्वर पँडित, नेपाली काँग्रेसका राजकुमार गोले, नेकपा एमाले रामजी सापकोटा, नेकपा माओबादी केन्द्रका राजकुमार खड्का , मकवानपुरगढी  वडा नम्बर २ का अध्यक्ष बखान सिं पाख्रिन, वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरे लगायतकाको आतिथ्यता रहेको थियो ।

 

Uncategorized