बकैयाको सोलिथुम प्राबिको बिधालय भबन उद्धघाटन

८ असोज २०८०
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १० मन्थली स्थीत सोलिथुम प्राथामिक बिधालयको नव निर्मित २ कोठे भवन आज एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने र बाल उद्धार नेपालकी प्रमुख कार्यकारी निर्देशक जोहना बेगाले संयुक्त रुपमा उक्त भवनको उद्धघाटन गर्नु भएको हो ।
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष राम बहादुर गोलेको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यता, वडा नम्बर १० की वडा अध्यक्ष कमला कुमारी वाईवा , बाल उद्धार नेपालकी प्रमुख कार्यकारी निर्देशक जोहना बेगा, इस्थर बेन्जामिन स्मृति संस्थाका जिल्ला कार्यक्रम संयोजक बुद्धबीर लामा लगायतकाको बिशिष्ठ आतिथ्यता रहेको थियो । त्यस्तै पालिकाका श्रोत शिक्षक नारायण प्रसाद चापागाँइ, प्रशिद्ध माध्यामिक बिध्यालयका प्रधानाध्यापक चन्द्र कुमार घिमिरे, पूर्ब बिधालय ब्यबस्थापन समितिका अध्यक्षहरु लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै पालिकाको श्रोत शिक्षक नारायण प्रसाद चापागाईले यस संस्थाले अन्य थप बिधालय भबन निर्माण गर्ने अपेक्षा राखेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै बाल उद्धार नेपालकी प्रमुख कार्यकारी निर्देशक जोहना बेगाले बिगतमा यो बिधालयको जीर्ण भवन देखेर नयाँ भबन निर्माण गर्न आफुले बाचा गरेकोमा उक्त बाचा पुरा भएको र निर्माण कार्यमा सहयोग गर्नु हुने सम्पुर्ण प्रति धन्यबाद ब्यक्त गर्दै शिक्षा अति महत्वपुर्ण भएकोले उक्त भबन निर्माण गर्न सहयोग गरेको बताउनु भयो । शिक्षा आर्जनको लागि बालबालिकालाई नियमित बिधालय आउन र अभिभावकलाई आफ्ना बालबालिकालाई नियमित बिधालय पठाउन आग्रह गर्नु भयो ।
त्यस्तै वडा अध्यक्ष कमला कुमारी वाईवाले मन्तब्य राख्दै अभिभावकहरुलाई मद्मेपानमा गर्ने खर्च शिक्षामा लगानी गर्न आग्रह गर्नु भयो । साथै वडाबाट बालबिकास कक्षा ब्यबस्थापन ,गेट ,शौचालय,घेराबारामा बजेट बिनियोजन गरिएको समेत जानकारी दिनु भयो ।
कार्यक्रममा मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि एबं पालिका अध्यक्ष धर्मराज लामिछानेले बाल बालिकाहरु तथा अभिभावक हरुलाइ सचेतगराउन अतिरिक्त समसामयिक सामाजिक बिसयहरु समेतेर कार्यक्रम बनाउन संस्था लाई आग्रह गर्दै त्यस्ता कार्यक्रममा पालिका साझेदार भएर जाने प्रतिबद्धता जनाउनु भयो साथै उहाले समुदायमा बिध्यमान बिक्रिती हटाउन युवाहरु जागरुक हुन समेत अनुरोघ गर्नु भयो । कार्यक्रममा स्वागत मन्तब्य बिधालय का प्रअ सत्यदेबी सुबेदीले राख्नु भएको थियो भने कार्यक्रमको संचालन बुद्ध प्राबिका प्रअ राजकुमार घिमिरेले गर्नु भएको थियो । साथै बाल उद्धार नेपाल र ईस्थर बेन्जामिन स्मृति संस्थाको संयुक्त टोलीले बकैया वडा नम्बर १२ धेत्रेदामारमा रहेको काला भैरव प्राथामिक बिधालयको संस्थाद्धारा निर्मत २ कोठे भबन र ठिङ्गनमा रहको कान्ति माध्यामिक बिधालयमा निर्माण सम्पन्न हुन लागेको बालमैत्री धारा र शौचालयको अनुगमन समेत गरेको थियो । साथै उक्त टोलिबाट सस्थाद्वारा संचालित अन्य कार्यक्रमहरुको समेत अनुगमन गरिने योजना रहेको इस्थर बेन्जामिन स्मृति संस्थाका जिल्ला कार्यक्रम संयोजक बुद्धबीर लामाले जानकारी दिनु भयो ।

Flash News Slide Uncategorized अर्थ समाचार स्थानीय