३ फागुन २०८०
एमपी शर्मा
फूलको रहर
कसलाई हुँदैन ?
फूलको सुवासले
कसलाई छुँदैन ?
फूलको बैंस रहेसम्म,
फूलमा बास्ना भएसम्म,
सबैले, सँधैं,
जिब्रो रसाउँछन्,
मोह बर्साउँछन् ।
यहाँ सम्म कि,
त्यो सर्वव्यापी ईश्वर पनि
उसैको भेटी खोज्दछ ।
हो, सडकछेऊमा रंगीबिरंगी गमला, त्यसमा धुपीलगायत विभिन्न प्रजातिका फूलका बिरुवा । मकवानपुरगढी गाउँपालिका कार्यालय जोड्ने सडकलाई सुन्दर बनाउन मकवानपुरगढी जेसीआईले सुरु गरेको ‘फूलका गमला’ अभियान हेर्दा जोकोहीलाई सुन्दर लाग्ने गर्छ ।
मकवानपुरगढी गाउ“पालिका वडा नम्बर–३ स्थित गाउँ कार्यपालिका कार्यालय आसपास क्षेत्रमा हाल फूलका बिरुवासहित ३० वटा गमला राखिएका छन् । गमलामा पानी हालेर अभियान उद्घाटन गर्दै पालिका अध्यक्ष दोर्जे लामास्यांतानले अभियानले वतावरण संरक्षण र पर्यावरणमा योगदान पु¥याएको बताए ।
मकवानपुरगढी जेसिजले वडा नम्बर–४ को मनकामना मन्दिर जाने सडकदेखि पालिका कार्यालयसम्मको सडकलाई सुन्दर बनाउन फूलका बिरुवा रोप्ने अभियानमा पालिकाले पूर्ण सहयोग गर्ने अध्यक्ष स्यांतानले बताए । उनले पालिकाले विद्यालयहरुमा शिक्षासँग जोडेर फ्लोरिकल्चर कार्यक्रम ल्याउने पनि बताए ।
‘हामीलाई हाल सँस्कारको समस्या छ । घर ठूलो बनाउने तर घरअगाडिको सडक सफा गर्न चाहीं दातृ संस्था आइदिए हुन्थ्यो, सरकारले गर्दे हुन्थ्यो भन्ने सोच छ । यसलाई परिवर्तन गर्न जेसिजले सुरु गरेको अभियानबाट सहयोग पुग्ने विश्वास छ,’ उनले भने । अध्यक्ष स्यांतानले मकवानपुरगढी गाउँपालिकाले ब्राण्डिङ गरेको रैथाने बाली कोदोको पीठो देशका विभिन्न ठाउँमा लगेर प्रचार गरिदिएको र मकवानपुरगढीको शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यावरण क्षेत्रमा योगदान पु¥याएकोे भन्दै जेसीआईको प्रसंशा गरे ।
कार्यक्रममा मनकामना दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष अर्जुनप्रसाद दाहालले मकवानपुरगढी जेसिजले सुरु गरेको अभियान राम्रो सुरुवात भन्दै कार्यक्रम परिवर्तनको प्रतीक भएको बताए ।
‘हाम्रो ठाउँको विकास हामी आफैंले गर्ने हो । अरुको मुख ताकेर होइन । हाम्रो घरनजिक राखिएका बिरुवा हामी आफैंले संरक्षण गर्ने हो । भानु मावि र पालिका कार्यालयको बीच भागलाई साँच्चिकै हरित सडक र उज्यालो सडकका रुपमा विकास गर्न सकिने भूबनौट रहेकाले त्यसलाई आकर्षक बनाउन गमला अभियानले सहयोग पुग्ने र त्यसमा पालिकाले पनि रणनीतिक योजनासाथ काम गर्नुपछं,’उनले भने–हामीकहाँ प्रदेशकै नमूना विद्यालय भानु मावि, खेलकुदका लागि फुटसल छ । दुग्धजन्य परिकारका लागि मनकामना दुग्ध उद्योग, रैथाने बाली, पशुफर्म, कृषिक्षेत्रलगायत सहरका मान्छेलाई पैदलयात्राका लागि नजिकको स्थान भएकाले यहा“का सडक र संरचनाहरु सुन्दर र आकर्षक बनाउनुपर्छ ।
उनले साँझविहान महिलाहरु अ“ध्यारो सडकमा हिँड्नु परिरहेको भन्दै सडकबत्ती राखेर उज्यालो बनाउनुपर्ने बताए । ‘हाल पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत केही गर्ने भावनासाथ लागिरहनु भएको छ । हाम्रा दातृ संस्थाको पनि आशा बढ्दै गएकाले हामीसँग योजना मजबुद चाहिन्छ,’ उनले बताए । उनले थपे–मकवानपुरगढीभित्र पर्यटन मार्ग बनाइरहँदा स्ल्याब रोडमात्र नभएर सडक दायाँबायाँ कसरी व्यवस्थित र सुन्दर बनाउन सक्छौं । हाम्रा आनीबानी कसरी सुधार गर्न सक्छौं ।
जेसिज वर्ष–२०२३ अध्यक्ष/संस्थापक अध्यक्ष पुष्पराज पुडासैनीले मकवानपुरगढीलाई कार्यक्षेत्र बनाएर स्थापना भएको जेसीआई मकवानपुरगढीलाई चिनाउन र यहाँको विकासमा लागिपर्ने बताए । कार्यक्रमा वर्ष–२०२४ का अध्यक्ष विजय पुडासैनीले आफ्नो कार्यकालमा मकवानपुरगढी जेसीआईलाई देशभर चिनाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
जेसीआईले मकवानपुरगढीमा गमला बितरण,निःशुल्क स्वास्थ्य शिविर, बिपन्न परिवारलाई कम्बल, फुटसल प्रतियोगितालगायत काम गरेको र आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिइने उनले बताए । हेटौंडा उपमहानगरपालिकास“ग सहलगानीअन्तर्गत् मकवानपुरगढी जेसीआईको भवन बनाउन ५ लाख छुट्टिएको र त्यसमा पालिकाको सहयोगमा जग्गा खोजेर भवन निर्माण छिटै सुरु गर्ने उनको दाबी छ ।
आदर्श पोखरेलको संयोजकत्वमा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, वडा–३ का अध्यक्ष भागवत् घिमिरे, वडा–३ सचिव सोनिका अर्याल, रानी समुदायिक वन उपभोक्ता समूह अध्यक्ष विष्णुप्रसाद न्यौपाने, साना किसान कृषि सहकारी संस्था अध्यक्ष निर्मला लम्साल, हिमाल महिला सहकारी संस्था अध्यक्ष जानकी दहाल,कालिदेबी दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष बिक्रम योन्जन,पत्रकार एम पि शर्मा लगायत जेसिज पदाधिकारी र स्थानीयको उपस्थिति थियो । कार्यक्रम सञ्चालन जेसीआई मकवानपुरगढीका महासचिव सुवास अधिकारीले गरेका थिए।